ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहुचर्चित समाजवादी मोर्चाको सोमबार घोषणा निश्चित


ABC NEWS

काठमाडौँ ३ असार । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको घोषणा सोमबार हुने भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको यी राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले समाजवादी मोर्चा घोषणाको निर्णय गरेका हुन् ।

समाजवादी मोर्चा घोषणाका लागि कार्यदल नै गठन गरिएको छ । कार्यदलको गृहकार्यअनुसार सोमबार दिउँसो ३ बजे समाजवादी मोर्चा घोषणा हुन लागेको हो । जसपाका नेता राजेन्द्र श्रेष्ठले समाजवादी घोषणा सोमबार ३ बजे राष्ट्रिय सभागृहमा हुने बताए ।

‘सुरुवातदेखि नै छलफलमा सहभागी राजनीतिक दलहरू सहभागी भएको समाजवादी मोर्चा घोषणाको गृहकार्य भएको हो । आलोपालो नेतृत्व, नीतिगत सहमतिको प्रतिबद्धतापत्र, साझा न्यूनतम कार्यक्रमलगायतका कार्यक्रम भोलि ३ बजेको कार्यक्रममा स्पष्ट गर्छौं,’ उनले भने, ‘संगठनात्मक आचारसंहिता पछि तय गर्ने भनेर सहमतिपत्रमा नै लेख्ने तयारी भइरहेको छ ।’

एकीकृत समाजवादी पार्टीका नेता जगन्नाथ खतिवडाले पनि सोमबार समाजवादी मोर्चाको घोषणाको तयारी भएको बताए ।

समाजवादी मोर्चा निर्माणका लागि तयारी गर्न बसेको कार्यदलको सोमबारको बैठकमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, विप्लव नेतृत्वको नेकपाका खड्गबहादुर विश्वकर्मालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com