ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति एक कार्यकाल र प्रधानमन्त्री दुई कार्यकाल बनाउनु पर्ने नेका महामन्त्री शर्माको प्रस्ताव


ABC NEWS
असार २, २०८० शनिबार  ८ : १७ बजे

काठमाडौं २ असार ः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति एक कार्यकाल र प्रधानमन्त्री लागि दुई कार्यकाल भन्दा बढी बन्न नपाउने सिस्टम बनाउनुपर्ने प्रस्ताव गरेका छन्।

प्रतिनिधिसभा सांसद समेत रहेका शर्माले महामन्त्री तीन पटक भन्दा बढी मन्त्री र चार पटकभन्दा बढी सांसद पनि बन्न नपाउने व्यवस्था मुलुकका लागि आवश्यक रहेको बताए।

शनिबार काठमाडांैमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

‘एक पटक राष्ट्रपति भएपछि अब दोहोर्‍याएर नहुने सिस्टममा जाऔं। दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक नपाउने बनाऔं। ३ पटक भएपछि चार पटक नपाउने बनाऔं। ४ पटक सांसद भएपछि विदा लिने सिस्टम बनाऔं,’ महामन्त्री शर्माले भने, ‘जतिसुकै योग्य व्यक्ति भएपनि यो भन्दा बढि जिम्मेवारी नलिऔं। व्यक्ति जतिसुकै योग्य होस्। यसो गरेर मात्रै शासक र शासन व्यवस्थालाई सुधार गर्न जरुरी छ।’

साथै, शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्न नहुने बताएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दवाव बढिरहेका बेला उनले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने आफ्नो अडान राखेका हुन्।

नेताहरूलाई दोषी करार गर्ने संविधान, कानुन र राज्यका निकाय भएकाले राजनीतिक दलहरुले त्यसले लिएको निष्कर्षलाई मानेर अघि बढनुपर्ने उनको भनाइ थियो।

‘मेरो पार्टीको अमूक नेता चाँही निर्दोष हुनुहुन्छ, फसाउन पाईदैन खोजिदैछ भनेर हामी कसैले भन्न पाउँदैनौं। यो देशमा कानुन छ। यो देशमा संविधान छ। यो देशमा अख्तियार छ। यो देशमा अदालत छ। तिनले भन्ने हो कि तिम्रो दलको नेता निर्दोष छ,’ शर्माले भने, ‘नख्खु जेलमा भेट्न जाउँ भन्ने कुरा कसले गर्छरु भन्दा अदालतले गर्छ। त्यो कर्ममा कांग्रेस, एमाले, माओवादी जस्ता दलले कसैले प्रतिरक्षा नगर्ने। र, कोही पनि निर्दोष नफसून। र, कोही पनि दोषी नउम्किउन भन्ने मनोविज्ञान बनाउने कुरा पनि सुशासनको एउटा कदम हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com