ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागीको उच्च जोखिममा रहेका वडामा सुरक्षा जालो अभियान


एबीसी न्यूज
जेष्ठ १९, २०८० शुक्रबार  ३ : ०३ बजे
काठमाडौं, १९ जेठ । आगलागी, भूकम्पजस्ता घटनाको सबैभन्दा बढी जोखिममा रहेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ३ र ७ मा सामुदायिक सुरक्षा जालो अभियान सञ्चालन गरिएको छ ।
फातिमा फाउण्डेसन नेपालले बिहीबार सम्बन्ध एवं समन्वय विस्तारका लागि उक्त वडामा सामुदायिक सुरक्षा जालो अभियान सञ्चालन गरेको जनाएको छ । संस्थाका अध्यक्ष मैमुना सिद्दिकीका अनुसार सो कार्यक्रम गत अप्रिल १ देखि ३० महिनाका लागि लागू भएको हो ।
“आगलागी, भकम्पजस्ता घटनामा भएमा सबैभन्दा बढी जोखिममा रहेको वडामा कार्यक्रम सञ्चालन गरिएको हो”, अध्यक्ष सिद्दिकीले भन्नुभयो, “यसले जोखिमविरुद्ध लड्न समुदाय तयार हुने विश्वास लिएको छु ।” सामुदायिक सुरक्षा जालो अभियानका विषयमा मनोविमर्शकर्ता सुमान धिमालका अनुसार विपद्का बेला सबैभन्दा बढी प्रभावित महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक रहेको जनाउँदै उनीहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
तीस महिनाको उक्त परियोजनाको उदेश्य समुदायमा सहयोगको भावना जगाउने मनोविमर्शकर्ता धिमालले बताउनुभयो । “सामाजिक सुरक्षा जालो तयार गर्न वडामा समूह गठन गर्ने, अभिमुखीकरण गर्ने, विभिन्न खालका सहयोग गर्ने कार्यक्रम रहेको छ”, उहाँले भन्नुभयो, “समुदायमा गरिने यस्ता सानासाना कार्यक्रमले एकापसमा सद्भावको सम्बन्धलाई समेत कायम राख्नमा मद्दत पुग्नेछ ।”
उहाँले विपद्ले पारेको असर समुदायमै समाधान गर्ने, समाधान गर्न नसके समाधानका लागि सरोकारवाला निकायमा पहल, पैरवी गर्ने, समन्वय तथा सिफारिस गरिने बताउनुभयो  । मनोविमर्शकर्ता धिमालले आवश्यक भएसम्म मनोविमर्श गर्ने, तत्काल उद्धार, शिक्षामा सहयोगलगायत कार्यक्रमको लक्ष्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य?

सम्बन्धित

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com