नयाँदिल्ली १७ जेठ । चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाल र विदेश सचिव बिनय मोहन क्वात्राले भेटेका छन् ।
बुधबार दिउँसो नयाँदिल्लीमा अवतरण गरेका उनलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लाखेले स्वागत गरेकी थिइन्।
त्यसपछि निर्धारित कार्यतालिका अनुसार मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र क्वात्राले प्रचण्डको भेटवार्ता गरेका हुन् ।
समकक्षी नरेन्द्र मोदीसंग हुने छलफलका एजेण्डा र कार्यमूलक विषयहरुमा छलफल भएको बताइएको छ ।
दिल्लीस्थित होटल मौर्यमा भएको उक्त भेटवार्ताका क्रममा डोभालसँगै भारतीय विदेश सचिव विनयमोहन क्वात्रा पनि सहभागी भएका थिए।









प्रतिक्रिया दिनुहोस्