ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढाकाकुमारको स्पष्टोक्ति– मैले सांसद बन्न पार्टीलाई ३ करोड बुझाएको भनेको छैन


एबीसी / संवाददाता
जेष्ठ १२, २०८० शुक्रबार  ८ : ०८ बजे

काठमाडौँ, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न आफूले पार्टीलाई ३ करोड रूपैयाँ बुझाएको भनी सार्वजनिक समाचार सत्य नभएको दाबी गरेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न पार्टीलाई बुझाउन भन्दै २ करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि पार्टी र सांसद दुवैबाट निलम्बित श्रेष्ठले समानुपातिक सांसद बनाउँदा पार्टीका उपसभापति डिपी अर्याल र प्रवक्ता डा.मुकुल ढकाललाई झन्डै ३ करोड रूपैयाँ बुझाएको स्वयम् श्रेष्ठले बताएको भन्दै केही सञ्चारमाध्यमले समाचार लेखेका थिए ।

यसप्रति आपत्ति जनाउँदै आरोपित उपसभापति अर्याल र प्रवक्ता ढकालले वक्तव्य जारी गरी झुटो आरोप लगाइएकाले मानहानीको मुद्दा लगाउने चेतावनी दिएका थिए । त्यसपछि ढाकाकुमारले पनि बिहीबार विज्ञप्ति जारी गरी आफूले भन्दै नभनेको कुरा सञ्चारमाध्यमले लेखेको दाबी गर्दै खण्डन गरेका हुन् ।

“आदरणीय दाजुभाइ, दिदीबहिनीहरूमा विशेषतः मिति २०८०/०२/१० गते केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न तीन करोड रूपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोलकल्पित तथा आधारहीन समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोधसमेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु । साथै निष्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्नसमेत सम्बन्धित मिडियाहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।”

त्यसरी झुटो समाचार अब थप मिडियाले सम्प्रेषण गरेका खण्डमा आफू स्वयम् कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनीसमेत श्रेष्ठले दिएका छन् ।

उनले भनेका छन्, “अन्तमा स्वीकृत आधारबिन नै अन्य कुनै मिडियाहरूले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयम् आफैँ कानुनी प्रक्रियामा जान बाध्य हुने छु ।”

May be an image of text

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

वैदेशिक रोजगारमा रहेका युवाबाट ‘भावनात्मक ब्ल्याकमेल’– एमालेका नेता प्रदीप ज्ञवाली (भिडियोसहित)

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com