ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सचिव पाण्डे र बिचौलिया दुलालबीच ह्वाट्सएप संवाद : प्रहरीका सरूवा–बढुवादेखि सुन तस्करीसम्म


एबीसी / संवाददाता
जेष्ठ १०, २०८० बुधबार  ८ : २४ बजे

काठमाडौँ, १० जेठ । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका सचिव टेकनारायण पाण्डेको मोबाइलबाट गृह मन्त्रालयमा भएका अन्य अवैध गतिविधिका विवरण पनि प्रहरीले फेला परेको छ ।

ह्वाट्सएप च्याटमा बिचौलिया केशव दुलाल र उनीबीच शरणार्थी प्रकरणमा आर्थिक लेनदेनका कुरा मात्र होइन, प्रहरी अधिकारीहरूको सरूवालगायतका विषयमा पनि छलफल भएको पाइएको छ ।

दुलालले आफूनिकट नेपाल प्रहरीका एक एसपीलाई एसएसपीमा बढुवा गरिदिन भनेका छन् । त्यसवापत उनले ‘केही आर्थिक सहयोग पनि गर्ने’ उल्लेख गरेका छन् । सचिव पाण्डेले ‘हुन्छ’ भनेर जबाफ दिएका छन् । त्यति मात्र होइन दुलालले विमानस्थलबाट सुन तस्करीको लाइन मिलाइदिन पनि आग्रह गरेका छन् ।

त्यसलाई पनि पाण्डेले अस्वीकार गरेका छैनन् । ‘प्रहरीले नमान्ने भएकाले गाह्रो हुने’ जबाफ दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डेले नै दुलालसँग आर्थिक लेनदेन गरेका थिए । आफूले एक करोड २४ लाख लिएर तत्कालीन मन्त्री बालकृष्ण खाणलाई बुझाएको उनको दाबी छ ।

पूर्वगृहमन्त्री खाणको मोबाइलबाट डाटा रिकभर गर्न प्रहरीले सकेन
अनुसन्धानमा तानिएका पाण्डेले सबै च्याट डिलिट गरे पनि प्रहरीले फरेन्सिकबाट रिकभर गरेको थियो । पूर्वगृहमन्त्री खाणको मोबाइलबाट भने डाटा रिकभर गर्न प्रहरीले सकेन । सचिव पाण्डेले बयानमा दुलालसँग यी विषयमा कुराकानी भएको स्वीकार्दै सूचना लिनका लागि आफूले यसरी कुराकानी गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

अध्यादेशविरुद्ध विपक्षी दल आक्रामक, संसद्‌मा अस्वीकृतको सूचना दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com