ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘केपी ओलीले नक्कली भुटानी शरणार्थीबारे आफूसँग भएको सूचना प्रहरीलाई किन नदिएको ? : अर्जुननरसिंह


एबीसी न्यूज
जेष्ठ ९, २०८० मंगलबार  ४ : २७ बजे

 

काठमाडौं ९ जेठ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थीबारे आफूसँग भएको सूचना प्रहरीलाई दिनुपर्ने बताएका छन् ।

मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका सम्बन्धमा सुरुदेखिको जानकारी रहेको सार्वजनिक रुपमा बताएर पनि त्यसबारे एमाले अध्यक्ष ओलीले प्रहरीलाई किन जानकारी नगराएको हो भन्ने विषयमा थाहा पाउन नसकेको बताए ।

‘उहाँ ९केपी ओली० लाई सम्मानसाथ मेरो आग्रह छ(नक्कली भुटानी शरणार्थीको सन्दर्भमा हरेक दोषीहरु सुरुदेखि थाहा छ भन्ने जुन बाहिर र संसदमा पनि केही अभिव्यक्ति गर्नुभएको छ । कृपया उहाँले खबर गरेर तिनीहरुमाथि कारबाही गर्न किन हिचकिच हो मलाई थाहा छैन’ सांसद केसीले भनेका छन् ।

गत आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रमबारेको छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको बताएका थिए ।

दोषी उम्काउने र निर्दोष फसाउने प्रयास भइरहेको भन्दै भविष्यमा यो प्रकरण अझ भयावह रूपमा प्रकट हुने चेतावनी दिएका थिए ।

गृहमन्त्री र परराष्ट्र मन्त्री रहँदा भुटानी शरणार्थीको विषयमा अन्तर्राष्ट्रिय समुदायसँग छलफल गरेका ओलीले तत्कालीन समयमा भुटानसँगका कैयौँ चरणका औपचारिक र अनौपचारिक वार्ताहरु विफल भएपछि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा आफूले अमेरिकासँग शरणार्थीको पुनर्वासको कुरा उठाएको बताएका थिए ।

एमाले अध्यक्ष ओलीले आफूलाई सुरुदेखिको जानकारी रहेको बताएको उल्लेख गर्दै प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस सांसद केसीले आफूसँग भएको सूचना प्रहरीलाई दिन सुझाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com