ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पाँच रुपैयाँमा बन्दाकोपी बेच्न मनले मानेन’


एबीसी / संवाददाता

घोराही, ८ जेठ । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएको बन्दाकोपी बिक्री नहुँदा मारमा परेका छन् । तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका उनको तयारी अवस्थामा रहेको बन्दाकोपी हालसम्म बिक्री हुन सकेको छैन ।

चौधरीले घोराही–६ गुरुवागाउँमा लगाएको सबै बन्दाकोपी अहिले बारीमै सुक्न थालेको छ । एक विघा जमिनमा रोपेको ‘नेपाल ग्रिण ७७७’ जातको बन्दाकोपी तयार भए पनि बेच्न समस्या भएको छ । बजारमा सस्तोमा पाउन थालेपछि बन्दाकोपी बिक्री गर्न समस्या भएको उनको भनाइ छ ।

“घरखर्च धान्न सकिएला की भनेर एक विघामा बन्दाकोपी लगाएको थिए, बिक्री गर्न नसक्दा सुक्न थालेको छ”, चौधरीले भने, “खरिद गर्न कोही पनि आएका छैनन् ।” प्रतिकिलो पाँचका दरले बन्दाकोपी किन्न आउँदा बिक्री नगरेको उनको भनाइ छ ।

चौधरीले ७० हजार खर्च गरेर एक विघा जमिनमा बन्दाकोपी लगाएको बताए । उनले भने, “बिक्री गर्न बजारमा लैजाँदा पनि कोही किन्न तयार भएनन, थोरै मूल्यमा बिक्री गर्न मनले मानेन, त्यसपछि बिक्री गर्न बजार लैजान छोडेको छु ।” प्रतिकिलो रु पाँचमा बन्दाकोपी बेच्दा आफ्नो लगानी नै नउठ्ने उहाँको भनाइ छ ।

हाल पाउँदै गरेको मूल्यले बन्दाकोपीको बिउ उमार्नदेखि खानका लागि तयार पार्दासम्म भएको खर्च उठ्ने अवस्था नभएको चौधरी बताउँछन् । “व्यापारीसित समन्वय गर्दा बन्दाकोपीको बजार छैन भन्ने खबर पाए”, उनले भने । यस वर्ष जिल्लामा प्रशस्त उत्पादनसँगै बाहिरबाट धेरै मात्रामा बन्दाकोपी आउँदा आफ्नो उत्पादन बिक्री गर्न धौ–धौ भएको उनले बताए ।

विगत दश वर्षदेखि तरकारी खेती गर्दै आएका चौधरीले बन्दाकोपी खेतीबाट अघिल्ला वर्षमा मनग्य आम्दानी लिएका थिए । “बन्दागोभी नबिक्ने समस्या यसअघि कहिल्यै आएन”, उनले भने । तरकारी बिक्रीको व्यवस्था मिलाउन जिल्लाका अन्य व्यवसायीलाई अनुरोध गरे पनि सबै ठाउँमा यस्तै समस्या रहेको र बजारमा माग नभएको जवाफ पाएको चौधरी बताउँछन् । “अब बन्दाकोपी बिक्री हुँदैन, बारीमै सुकेर जान्छ”, उनले भने । जिल्लामा सस्तोमा बाहिरबाट तरकारी भित्रिँदा स्थानीय किसान समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो

सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा २ लाख ३० हजार नाघ्यो

जेनजी आन्दोलन :बीमा दाबी २३ अर्ब ३९ करोड

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com