ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शरणार्थी प्रकरणमा दोषी उम्काइँदैछ, निर्दोष फसाइँदैछ : ओली


एबीसी न्यूज

 

काठमाडौं ७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा गठबन्धन सरकार निर्दोषलाई फसाउने योजना बनाएको दाबी गरेका छन्।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे आइतबार बसेको संसद बैठकमा आफ्ना भनाइ राख्न क्रममा उनले यस्तो बताएका हुन्।

‘शरणार्थी प्रकरणमा मेरो सरकारको नेतृत्वको समयमा केही पनि भएको छैन। फेरि छानबिन गरे हुन्छ’, उनले भने, ‘शरणार्थीबारेको प्रतिवेदन क्याबिनेटमा आएपछि मैले अध्ययन गर्न भनेर होल्ड गरेँ, त्यसपछि सामाजिक समितिमा लगेको थिएँ’, उनले भने, ‘मभन्दा पछाडिको सरकारले त्यसबारे के गर्यो जवाफ दिनुपर्छ।’

उनले तत्कालीन नेकपामा देखिएको विवादका बेला आफूले त्यो फाइल हेर्नै नपाएको पनि बताए।

‘त्यसबेला मलाई नै ठेगान लगाउन खोजेका थिए। भित्ता पुर्‍याउन खोजेका थिए। सडकमै पछार्छौँ भन्दै उफ्रिएका थिए’, उनले भने, ‘त्यसबेला मैले कसरी फाइल हेर्न पाउनु, अघि बढाउनु, त्यहीकारण मैले उक्त फाइल होल्डमा राखिदिएको थिएँ।’

त्यसबेला पुनर्वासमा गएका ४२९ जना शरणार्थी सक्कली नै रहेको बताउँदै उनीहरुको फाइल पछि फेरिएको उनले दाबी गरे।

‌ओलीले यही प्रकरणमा पक्राउ गरेका भीआईपीहरुलाई सरकारको दबाबमा प्रहरीले छाडिदिएको पनि दाबी गरेका छन्।

‘त्यसबेला ४२९ जना ओरिजिनल थिए तर त्यसपछि कागज फेरियो। माथिको कागज ९कभर० उही राखेर व्यक्तिको सूची परिवर्तन गरियो’, उनले भने, ‘यो प्रकरणमा कसैलाई रहर लागेको छ एमालेको नाम लिन। केपी ओलीलाई गाली गर्न रहर लागेको भनेर मात्रै हुँदैन। म गृहमन्त्री, परराष्ट्र मन्त्री र प्रधानमन्त्री भएँ यदि कमजोरी देखिएको छ भने छानबिन होस्।’

उनले आफूहरु सधैँ भ्रष्टाचारीलाई कारबाहीको पक्षमा रहेको पनि बताए। ‘हामी सधैँ भ्रष्टाचारीलाई कारबाही गरियोस् भन्ने पक्षमा छौँ। अहिले निर्दोष फसाउने र दोषी उम्काउने काम भइरहेको छ’, उनले भने, ‘यो कुरा भोलि अझै भयावहरुपमा निस्किन्छ। आगो छोप्न सकिन्छ तर धुवाँ छोप्न सकिँदैन।’

यो प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको पनि उनले दाबी गरे। ‘यो चानचुने कुरा होइन। दोषी नउम्कियोस् तर निर्दोष नफसोस्’, उनले भने, ‘तीन प्रमुख पार्टीका नेता भेट्दा सन्देह भयो भनिएछ। म निष्पक्ष र तटस्थ रुपमा यसको छानबिन हुनुपर्छ भन्ने पक्षमा छु।’

ओलीले जोसुकैले गरे पनि भ्रष्टाचार छानबिन हुनुपर्ने बताए। ‘सयौँ वर्षपछि पनि कारबाही हुनुपर्छ। व्यक्तिको मृत्यु भए पनि काण्ड त इतिहासमा रहन्छ’, उनले भने, ‘एकछिन भ्रष्टाचार ढाकछोप गरिएला, तर भ्रष्टाचारले गुडबाई भन्दैन सी यु लेटर भन्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com