ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्लिज मेरो विरुद्ध बहस नगरिदिनुस् ः थुनुवा खाण


एबीसी न्यूज

 

काठमाडौं २७ बैशाख । काठमाडौं जिल्ला अदालतमा पूर्व गृहमन्त्री खाँणलाई ससम्मान इजलासमा लगिंदा त्यही मुद्दामा मुछिएका अरू दुई जनालाई थुनुवाको ट्याग सहित हत्कडी लगाएर बाहिर उभ्याइएपछि इजलासको ‘असमान व्यवहार’ प्रति प्रश्न उठेको छ ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनलाई कार्यालय समयभित्र अदालत लैजाने निश्चित थियो । जिल्ला अदालत भवनको ठीक पारिपट्टिको भवनमा रहेको २९ नं। इजलासमा म्याद थप सम्बन्धी बहस हुने तय भयो । ठाउँको अभाव भएर जिल्ला अदालतले वन कार्यालयको परिसरमा केही इजलास सञ्चालन गरिरहेको छ ।

२९ नं. न्यायाधीश उत्तम सिलुवालको इजलासमा पक्राउ परेका र म्याद थप गराउन ल्याएका थुनुवाहरूको भीड थियो । केहीबेरमा प्रहरीले पूर्व गृहमन्त्री खाँणलाई लिएर आए । नीलो पाइन्ट, छालाको जुत्ता, चस्मा र क्याप लगाएका खाँणलाई प्रहरीले हत्कडी लगाएको थिएन ।

अदालत प्रवेश गराउनासाथ उनलाई इजलाससँगै जोडिएको फाँटमा कुर्सीमा राखियो । दुई डीएसपी सहितको टोलीले उनलाई सुरक्षा दिइरहेको थियो । त्यहीबीचमा कानुन व्यवसायीहरूको ठूलो भीड इजलासमा प्रवेश गर्न खोज्यो तर प्रहरीले रोक्यो । ठेलमठेल भीड भएपछि प्रहरीले इजलास कक्षको भित्रबाट चुकुल लगाइदियो । अनि खाँणका कानुन व्यवसायीहरूले बोलाएकाहरू मात्रै भित्र जान पाए ।

पालो आएपछि फाँट रहेको कोठाबाट इजलास प्रवेश गर्नासाथ खाँण अलमलमा परे । उनलाई कानुन व्यवसायी बस्ने अघिल्लो लाइनमा राखियो । केहीबेरमा अदालतका कर्मचारीहरूले उनलाई पछिल्लो लाइनमा राखे । उनको अनुहार अस्थिर देखिन्थ्यो, बारम्बार छट्पटाइरहेका थिए ।

 

‘उनले तीन दिनअघि प्रहरी कार्यालयमा गएर मैले अनुसन्धानमा सहयोग गर्छु भनिसकेका रहेछन । त्यस्तो व्यक्तिलाई जरूरी पुर्जी दिई किन पक्रेको हो वरिष्ठ अधिवक्ता केसीले भने, ‘पक्राउको औचित्य पुष्टि हुनुपर्छ, नभए हाजिरी जमानीमा छाडियोस् ।’

उनको भनाइलगत्तै पूर्वमन्त्री खाँणले टाउको हल्लाए । ‘म प्रहरी कार्यालय गएको होइन’ उनले छेवैमा बसेका अधिवक्ता योगेन्द्र अधिकारीलाई भने, ‘अनुसन्धानमा आवश्यक सहयोग गर्छु भनेको हो । त्यसपछि वरिष्ठ अधिवक्ता केसीले आफ्नो भनाइ सच्याए, ‘आवश्यक परे प्रहरीलाई सहयोग गर्छु भनेको मानिसलाई यसरी पक्रन ठीक भएन ।’

केसी लगत्तै नेपाल बार एशोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले केही प्रक्रियागत प्रश्न उठाए । र, उनले आफूलाई बारको अध्यक्षको रूपमा प्रस्तुत गरेनन् । वरिष्ठ अधिवक्ता महादेव यादवले पनि उनलाई अचानक बिहान घरबाट ‘उठाउनु’को कारण मागे ।

उनीहरूबीच बहस चल्दै गर्दा एगराज पोखरेल र वरिष्ठ अधिवक्ता गान्धी पण्डितबीच कसले पहिले बहस गर्ने भन्नेमा भनाभन भयो । चर्काचर्की परेपछि अरूले हस्तक्षेप गरेर सामसुम पारे ।

’

अधिवक्ता एगराज पोखरेलले गृहमन्त्री भइरहेका खाँण कतै भागेर नजाने दाबी गरे । र आवश्यक परे नेपाल बार एशोसिएसनले त्यसको जिम्मा लिने भन्दै छेवैमा बसेका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई देखाए ।

 

अरू कानुन व्यवसायीहरूले समेत घिमिरेलाई देखाउँदै बार नै यहीं रहेकाले खाँणको जिम्मा लिन तयार रहेको भन्दै इजलासको ध्यानाकर्षण गराए । त्यसपछि बार अध्यक्ष घिमिरेले भने, ‘म व्यक्तिगत रूपमा जिम्मा लिन तयार छु, संस्थागत होइन ।’ उनले पटक–पटक यही भनाइ दोहो¥याए ।

बहस गर्ने केहीले ‘पक्राउ पुर्जी जारी भएर पनि टोपबहादुर रायमाझीलाई पक्राउ गर्न नसकेको प्रहरीले अनुसन्धानमा सहयोग गर्ने बचन दिएका खाँणलाई किन जरूरी पक्राउ पुर्जी दिएको भन्ने प्रश्न गरे । एकपछि अर्को गर्दै कानुन व्यवसायीहरूले बहस तन्काइरहेका थिए ।

पहिलेदेखि नै इजलासमा आउजाउ गरिरहेका अधिवक्ता स्वागत नेपालले बहसका लागि समय माग्न खोजे । खाँण र उनका कानुन व्यवसायीहरूले नेपाल आफ्नो तर्फबाट नभई जाहेरवालाहरूको तर्फबाट बोल्न आएको मेसो पाए ।

।

सबैको बहस सकिएपछि अधिवक्ता नेपालले इजलासको ध्यानाकर्षण गराए र आफ्नो कुरा राखे ।उनको बहसपछि पूर्वमन्त्री खाँणको अनुहारमा अँध्यारो पोतियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com