ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शरणार्थी प्रकरण गम्भीर छानबिन माग सांसदको माग


एबीसी न्यूज

काठमाडौं, २५ बैशाख । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राख्नुभएको छ ।

सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्नुहुँदै यसमा मुछिएका सबै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले यस विषयबारे अध्ययन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

“जो, जहाँ, जुनसुकै पदमा भए पनि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ । विभिन्न देशमा पूर्वप्रधानमन्त्रीसमेत विभिन्न प्रकरणमा परेर कारबाही भएका उदाहरण छन्”, सांसद केसीले भन्नभयो, “यो प्रकरणबारे भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ ।”

सांसद असीम शाहले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन आवश्यक रहेको बताउनुभयो । सांसद चित्रबहादुर केसीले राज्यसत्ताका महत्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै संसद्ले यो विषयलाई गम्भीररुपमा लिनुपर्ने बताउनुभयो । यो प्रकरणलाई मोडेर विषयान्तर हुन खोजेकोबारे पनि सांसद केसीले संसद्को ध्यानाकर्षण गराउनुभयो ।

“कुनै नयाँ काण्ड आउँछन् र त्यसपछि फेरि विषय अर्कोतर्फ मोडिन्छ । त्यसकारण यो काण्डबारे दूधको दूध पानीको पानी हुनेगरी छानबिन गरिनुपर्छ । यो विषय टुङ्ग्याएर मात्र संसद्ले आफ्ना काम अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

आजको बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद अच्युतप्रसाद मैनालीले हात्ती आतङ्कको विषय उठाउनुभएको थियो । बारा जिल्लामा करिब एक हप्तादेखि हात्ती आतङ्क चलिरहेकाले त्यसलाई नियन्त्रण गरिनुपर्नेमा उहाँले संसदमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद अञ्जनी श्रेष्ठले चितवनका व्यवसायी शङ्कर कँडेलको आत्महत्याबारे गम्भीररुपले छानबिन हुन नसकेको विषय उठाउनुभएको थियो । त्यस्तै सांसद अनिता देवीले स्यानिटरी प्याडको मूल्य महँगो भएको भन्दै यसमा शून्य करको व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो ।

“स्यानिटरी प्याड विलासिताको वस्तु नभएर आधारभूत आवश्यकताको वस्तु हो । यसकारण स्यानिटरी प्याडमा अहिले लागिरहेको सबै कर हटाएर शून्य करको व्यवस्था गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद अनिसा नेपाली र आस्माकुमारी चौधरीले कृषि क्षेत्रलाई सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । अहिले बजारमा भारतीय तरकारी छ्याप्छ्याप्ती रहेको तर नेपाली उत्पादनले बजार नपाएको उल्लेख गर्नुहुँदै सांसद नेपालीले आन्तरिक उत्पादन बढाउन र बजार खोज्नका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

सांसद आस्माकुमारी चौधरीले कृषि क्षेत्रलाई बढावा दिन जल, मल, बीउ, विषादी समयमै उपलब्ध गराउन आवश्यक रहेको बताउनुभयो । त्यस्तै भूमिहीन सुकुम्बासीका समस्यालाई पनि सरकारलाई गम्भीररुपमा लिनुपर्ने उहाँको भनाइ छ । सांसद अमृतलाल राजवंशीले पनि अव्यवस्थित बसोबास र सुकुम्बासीको समस्या आजको संसद्मा उठाउनुभएको छ ।

सांसद अम्मरबहादुर रायमाझीले अहिले स्वास्थ्य सेवा निकै महँगो भएको धारणा राख्नुहुँदै सबै नागरिकलाई स्वास्थ्यमा सहज पहुँचका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । त्यस्तै कटारी अस्पताललाई ५० श्ययाको सुविधासम्पन्न अस्पताल बनाउन पनि उहाँले माग राख्नुभयो ।

सांसद ईश्वरी घर्तीले सबै जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना छोराछोरी अनिवार्यरुपमा सरकारी विद्यालयमा भर्ना गरिनुपर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो । सङ्घीय शिक्षा ऐन बन्न नसक्दा शिक्षा क्षेत्रको गुणस्तर थप खस्किँदै गएकोबारे पनि उहाँले संसद्को ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनाको काम अलपत्र परेकोबारे सांसद ऋषिकेश पोखरेलले संसद्मा कुरा उठाउनुभएको छ । सांसद ऐनबहादुर शाही ठकुरीले हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन गर्नेक्रममा मुगु जिल्लामा हिमपहिरोमा परी केही व्यक्ति हराइरहेकाले ती व्यक्तिको खोजबिन गरिनुपर्ने र थप दुर्घटना हुन नदिन विपद् व्यवस्थापन तथा पूर्वतयारीका विषयलाई सरकारले गम्भीररुपले लिनुपर्ने बताउनुभयो ।

आजको संसद्मा सांसद गणेश पराजुलीले काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापनका चुनौतीको विषय संसद्मा उठाउनुभएको थियो भने सांसद गङ्गा कार्कीले दोलखाको तामाकोशी पुल जीर्ण भइसकेकाले उक्त पुल जीर्णोद्धार गरिनुपर्ने माग राख्नुभयो । सांसद चन्दा कार्की भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सूर्तीजन्य वस्तुमा कर बढाएर ४० देखि ५० प्रतिशत हाराहारी पु¥याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com