ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैलाई रुवाउँदै अस्ताए व्यवसायी कँडेल


एबीसी / संवाददाता
बैशाख २५, २०८० सोमबार  ९ : ४६ बजे

चितवन, २५ वैशाख । “दुःखी र कमजोर मन लिएर मसँग डाक्टरको रुपमा पीडा पोख्न कोही आए म शंकर कँडेल दाइजस्तो हँसिलो, व्यस्त र समाधानपरक जीवन जिउनुपर्छ भन्थेँ । आज आफ्नो आँखा अघि त्यो आशा दिलाउने दियो निभ्यो, सहन गाह्रो भो ।” जिल्लाका परिचित चिकित्सक डा.भोजराज अधिकारीले व्यवसायी शंकर कँडेलको निधनको खबर सुनेपछि सामाजिक सञ्जालमा पोष्ट गरेको ‘स्टाटस’ हो यो ।

यो साता जिल्लाका नेता कार्यकर्ता, व्यवसायी सबैको सामाजिक सञ्जालमा यस्तै स्टाटसले भरिए । कँडेलले मंगलबार साँझ देहत्याग गरेसँगै जिल्लामा स्तब्धता छायो । धेरैले त्यो रात सुतेनन् । चोक चोकमा कँडेलकै चर्चा भयो । भोलिपल्टबाट सडकमा उनकै न्यायका लागि जिल्लावासी उर्लिए । यसलाई न त कुनै दलले रोक्न सक्यो, न त प्रशासनले ।

पाँच दशकको उमेर पार गरेका कँडेल जहिले पनि हँसिलो मुद्रामा भेटिन्थे । सबैलाई लाग्थ्यो, यस्तो मान्छेलाई पक्कै कुनै पीडा छैन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ भन्दै थिए, “कँडेललाई भेटेपछि ऊर्जा उत्पन्न हुने गर्दथ्यो।” उनी मात्रै होइन, सबै पार्टीका नेता कार्यकर्ता र व्यवसायीका लागि ऊर्जाशील थिए कँडेल ।

पार्टी, संघ संस्थालाई सहयोग चाहिँदा होस् वा कसैलाई बन्द व्यापार गर्नुपर्दा कँडेलकै ढोकामा सबै पुग्ने गर्दथे । कोही कसैले खाली हात फर्किनु पर्दैनथ्यो । कँडेलले जहाँ देहत्याग गरे सुरुमा देख्दै गर्दा धेरैले आफूलाई सम्हाल्न सकेनन् । तिनैमध्येका एक हुन् उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजन गौतम । उनको घर कँडेलको कार्यालयबाट नजिकै छ । घटनालगत्तै पुगेका उनले सुरुमा पत्यारै गरेनन् । उनले भने, “जब मैले कँडेल नै देखेँ, सम्हाल्न सकिँन, म ढलेछु, झण्डै २० मिनेटपछि बल्लतल्ल उठेँ । ”

आफूले कँडेलको निधन भएको सुनेसँगै निःशब्द बनेको पूर्वसांसद कृष्णभक्त पोखरेलले बताए । उनले यसलाई अपत्यारिलो घटनाका रुपमा चित्रण गरे ।

कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठले सबैलाई हँसाउने कँडेलको निधनले सबैलाई रुवाएको बताए । अप्रत्याशित घटनाले कांग्रेसलाई त क्षति पुगेकै छ समग्र व्यावसाायिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उनले बताए । उनले भने, “कँडेल कांग्रेसको मात्रै नभएर साझा व्यक्तित्व हुनुहुन्थ्यो ।”

व्यवसायी कँडेल नेपालका परिचित पोल्ट्री व्यवसायी थिए । कांग्रेस पार्टीका महासमिति सदस्य पनि थिए । आफूले सम्हालेको अनमोल फिड्सको अधिकांश शेयर बिक्री गरी अबको यात्रा राजनीतिक बनाउने योजनामा उनी थिए । पार्टीभित्रका गुट उपगुटको बीचमा साझा चरित्र बनाएका कँडेललाई कांग्रेस भनेर भन्दा सामाजिक व्यक्तित्व भनेर सबैले चिन्ने गर्दथे ।

कँडेलले भरतपुर महानगरपालिका–३ स्थित आफ्नै कार्यालयमा गत मंगलबार देहत्याग गरेका हुन् । उनले लेखेको मृत्युपत्रमा दुई पात्रलाई मृत्युको कारण उल्लेख गरिएको छ । उनीहरुलाई पक्राउ गरी कारबाहीका लागि दैनिक प्रदर्शन हुँदै आएका छन् । उनीहरुमध्ये एक जीवन रावल पक्राउ परेका छन् भने प्रदीप रुङ्गटा फरार छन् । रावल कँडेलकै कम्पनीका चार्टर एकाउन्टेट हुन् भने रुङ्गटा कम्पनीको ८५ प्रतिशत सेयर खरिद गरेका साझेदार हुन् ।

कँडेलको निधन भएको छैटौँ दिन आइतबार पवित्र तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ । उनी भरतपुर महानगरपालिका–८ निवासी थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

सम्बन्धित

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com