ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दर्ताविना सञ्चालनमा रहेका पसलमा ताला


एबीसी न्यूज
बैशाख २४, २०८० आईतबार  २ : २८ बजे

काठमाडौं, २४ बैशाख । पटकपटक आग्रह गर्दासमेत कानुनी प्रक्रिया पूरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका पसलमा ताला लगाइएको हो ।

जैमिनी नगरपालिकाको मुकाम रहेको कुश्मीशेरा बजारमा शनिबार अनुगमन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जैमिनी नगरपालिकाका जनप्रतिनिधि, कृषि शाखा, प्रहरी, पत्रकार र बजार व्यवस्थापन समितिको रोहवरमा बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा स्वास्थ्य उपचार जस्तो संवेदनशील कार्यमा संलग्न क्लिनिकसमेत विनादर्ता निर्वाध सञ्चालनमा रहेको पाइएको थियो । “यहाँ लामो समयदेखि सञ्चालनमा रहेको ‘मेरो डेण्टल क्लिनिक’ दर्ता नभएको भेटियो, यसअघि पनि पटकपटक दर्ता गरेर सञ्चालन गर्न आग्रह गरिएको थियो”, बरालले भन्नुभयो, अटेरी गरेकाले क्लिनिकमा ताला लगाइदिएका छौँ ।” अन्य केही श्रृङ्गार पसलमा समेत प्रशासनले ताला लगाएको छ ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्यान्न भेटिएको, दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, केही पसलमा बिल, छाप नभएको, मूल्यसूची नराखी कारोबार गरिएको, एकै ठाउँमा फरकफरक प्रकृतिका सामानको व्यवसाय गरेको पाइएको बरालले बताउनुभयो ।

पटकपटक अनुगमन गरी सुझाव दिँदा पनि अटेरी गरिएको भन्दै केही व्यवसायका प्रमुखलाई आज जिल्ला प्रशासन कार्यलय बोलाइएको छ । अनुगमनका क्रममा थोरै समस्या रहेका पसललाई सुझाव दिइएको थियो भने कानुनी समस्या रहेका पसललाई बन्दसमेत गराई स्थानीय जनप्रतिनिधिलाई चाबी हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

सम्बन्धित

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

झण्डै दुई तिहाइ बहुमतको सरकारले किन संसद् छल्दै अध्यादेशको बाटो रोज्यो?

नारायणगढ–बुटवल सडक विस्तारः सडक सुरक्षाको पनि काम जारी

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com