ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेस्सीले पिएसजी छाड्ने लगभग पक्का


एबीसी / संवाददाता
बैशाख २१, २०८० बिहीबार  ७ : ३४ बजे

एजेन्सी, २१ वैशाख । अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीले सिजनको अन्त्यसँगै फ्रेन्च लिग वान पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्ने लगभग निश्चित भएको छ ।

विश्वकप विजेता मेस्सी र क्लब अर्को वर्षसम्मका लागि सम्झौता लम्ब्याउने सैद्धान्तिक सहमतिमा पुगेका थिए । तर, अहिले भने क्लब र मेस्सी दुवै सम्झौतामा हस्ताक्षर गर्न अनइच्छुक देखिएका छन् ।

आर्थिक समस्याका कारण क्लबले युरोपको शीर्ष स्तरमा प्रतिस्पर्धा गर्न सक्छ भन्नेमा मेस्सी सहमत नभएको बताइएको छ । यस्तै, क्लबले युवा खेलाडीमा लगानी गर्न चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२१ मा मेस्सीले पिएसजीसँग २ वर्षको सम्झौता गरेका थिए । त्यसबेला सम्झौतामा १ वर्ष नवीकरण गर्न सक्ने सर्त सम्झौतामा राखिएको थियो । क्लबले केही दिनअघि बिना जानकारी साउदी अरेबियाको भ्रमणमा गएको भन्दै मेस्सीलाई २ साताका लागि निलम्बन गरेको थियो ।

विभिन्न समाचारलाई आधार मान्ने हो भने मेस्सी साउदी अरेबियन क्लब जाने तयारीमा छन् । साउदी सरकार र मेस्सीबीच विश्व कीर्तिमानी रकममा सहमति हुने विषयमा छलफल भइरहेको उल्लेख गरिएको छ ।

क्रिस्टियानो रोनाल्डो अहिले साउदीकै क्लब अल नासारमा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com