ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तमु समाज युकेले आयोजना गरेको २५६७औ बुद्ध जयन्ती तथा दोमाङ पूजा सम्पन्न


एबीसी न्यूज
बैशाख १९, २०८० मंगलबार  २ : ३२ बजे

युके, १९ बैशाख । तमु समाज युकेले शनिवार २९ अप्रिल २०२३का दिन २५६७औ बुद्ध जयन्ती तथा दोमाङ पुजा कार्यक्रम लन्डनको वेम्बली बरहाम पार्क स्थित तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा सम्पन्न गरेको छ।

आमा समूहको सहयोग, खेलकुद तथा खाध्य सचिब हरिमान गुरुङको संयोजकत्व र अध्यक्ष शिव कुमार गुरुङको सभापतित्वमा सम्पन्न बुद्ध जयन्ती पूजा कार्यक्रमको प्रमुख अतिथि तथा प्रमुख गुरु बिसिसि युकेका प्रमुख गुरु परम पुज्यनिय टल्कु जिग्मे सामतेन रिम्पोछे रहनु भएको थियो। पूजा संचालनमा अन्य लामा गुरुहरुमा लामा दावा नोर्बु, लामा स्यानु र लामा मिङमार संलग्न रहेका थिए।

प्रमुख अतिथि तथा प्रमुख गुरु टल्कु जिग्मे सामतेन रिम्पोछे तथा अन्य लामा गुरुहरुलाई कार्यक्रम स्थलमा भव्य स्वागत गरे पस्चात तमु समाज युकेका अध्यक्ष शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ र आमा समूहका उपाध्यक्ष मथुरा देवि गुरुङले संयुक्तरुमा दिप प्रज्वलन गरि शुभारम्भ गरिएको बुद्ध जयन्ती तथा दोमाङ पूजा कार्यक्रममा सल्लाहकार तथा काउन्सिलर कमल गुरुङ लगायत अन्य सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारिहरु तथा सदस्यहरु, आमा समूहका अध्यक्ष उमा देवि गुरुङ र अन्य पदाधिकारि तथा आमा दिदिबहिनिहरु लगायत लण्डन वरपरका नेपाली जेष्ठनागरिकहरु र श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो।

२००७ सालमा स्थापना भई २०१२मा बेलायतको च्यरिटि कमिसनमा औपचारिक रुपमा दर्ता भएको संस्था तमु समाज युकेले स्थापनाकाल देखि निरन्तररुपमा बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको आवसरमा बुद्ध जयन्ती पूजा संचालन गर्दै आएको छ। बिगतका बर्षहरुझै यस बर्षको २५६७औ बुद्ध जयन्ती पूजा कार्यक्रम पनि आमा समूहको सकृयतामा निशुल्क प्रवेश र निशुल्क खानापिनको ब्यबस्थापन तथा केटरिङ पनि आमाहरु आफैले गरेका थिए। यसका निम्ति समूहका सबै आमा दिदिबहिनिहरु सकृयतका साथ मन बचन र कर्मले कार्यक्रम आयोजनामा जुटनु भएको थियो।

बिगतमा जस्तै यस पटकको २५६७औ बुद्ध जयन्ती पूजा कार्यक्रम आयोजनको निम्ति थुप्रै दानबिर महानुभावहरुले स्वस्फुर्त श्रद्धाभावले आर्थिक, भोजन, पेय पदार्थ र अन्य आवस्यक पुजा सामाग्रिहरु प्रयोजन तथा दान सहयोग स्वरुप उपलब्ध गराएका थिए।

बिहान ८:३० बजे आरम्भ गरिएको बुद्ध जयन्ती तथा दोमाङ पूजापाठ कार्यक्रममा प्रमुख गुरु टल्कु जिग्मे सामतेन रिम्पोछेले दोमाङ पूजापाठको बारेमा उपस्थित सबैलाई संक्षिप्त जनकारि गराएका थिए। कार्यक्रमको अन्तमा उपस्थित सबै भक्तजनहरुले प्रमुख अतिथि तथा प्रमुख गुरु रिम्पोछे बाट अभिषेक तथा अन्य श्रद्धेय लामा गुरुहरुबाट प्रसाद ग्रहण गरेपछि अपराहन्न ५ बजे कार्यक्रम समापन गरिएको थियो।

तमु समाज युकेका महासचिब धरमबल गुरुङले संचालन गरेको कार्यक्रममा अध्यक्ष शिव कुमार गुरुङले धन्यबाद मन्तव्य राख्दै पूजा संचालन गर्ने लामा गुरुहरु, कार्यक्रमलाई आर्थिक सहयोग गर्नुहुने चन्दादाताहरु, बिभिन्न परिकारका भोजन तथा पेय पदार्थको प्रायोजन गर्नुहुने प्रायोजकहरु, आमा समूह, पूजा संयोजक हरिमान गुरुङ तथा परिबार र उपस्थित सबैलाई आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिएका थिए।

कार्यक्रममा महासचिब धरमबल गुरुङलेनै हेल्थ एण्ड सेफ्टिबारे जानकारि दिएका थिए भने महासचिबलेनै कार्यक्रमलाई बिभिन्न प्रकारका सहयोग तथा दान गर्ने दाताहरुको नामावली धन्यबाद ज्ञापन सहित पढेर सुनाएका थिए।

शान्ति, मोक्षा प्राप्ति र भगवान बुद्धको श्रद्धा र भक्ति भावका निम्ति आयोजना गरिएको उक्त २५६७औ बुद्ध जयन्ती तथा दोमाङ पूजापाठ कार्यक्रमको मध्यन्नमा एक कलाकार सम्मान कार्यक्रम पनि संलग्न गरिएको थियो। कार्यक्रममा बेलायत भ्रमणमा रहेका चलचित्र निर्माता, निर्देशक एवं नायक प्रितम गुरुङलाई सम्मान गरेका थिए।

तमु समाज युकेले प्रथम गुरुङ (तमु) चलचित्र (पाते)को नायकको रुपमा कला क्षेत्रमा प्रवेश गरेका प्रितम गुरुङलाई विशेष गरेर गुरुङ (तमु) कला क्षेत्रमा र समग्र नेपाली कला क्षेत्रमा पुर्या्एको महत्वपूर्ण योगदानको उच्च प्रशंसा तथा कदर गर्दै २५६७औं बुद्ध जयन्ती कार्यक्रमको पावन अवसरमा तमु समाज युके विशिष्ठ समाज सेवा सम्मान पत्र प्रदान गरिएको हो। नायक गुरुङलाई समाजका अध्यक्ष शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समूहका अध्यक्ष उमा देवि गुरुङले फेटा खादा लगाई पुष्पा गुच्छा सहित सम्मान पत्र प्रदान गरेका थिए। यसै अवसरमा प्रथम गुरुङ (तमु) चलचित्र (पाते)को नायिका तथा तमु समाज युकेका पूर्ब साँस्कृतिक सचिव सरु गुरुङ रानालाई पनि पुष्प गुच्छा प्रदान गरि सम्मान गरेका थिए।

सम्मानित भएपछि चलचित्रकर्मी तथा नायक गुरुङले बेलायतमा यति ठूलो सम्मान गरेकोमा तमु समाज युके प्रति आभार प्रकाट गर्दै हार्दिक धन्यवाद व्यक्त गरेका थिए। कलाकारिताको माध्यम बाट जीवनको महत्वपूर्ण समय आफ्नो समुदायलाई दिन पाएकोमा खुसि व्यक्त गर्दै नायक गुरुङले जीवनको अनन्तकाल सम्मा यही क्षेत्रमै रहि रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

चलचित्र क्षेत्रमा ३ दशक जति निर्माता निर्देशक र नायकको रुपमा लागि परेका प्रितम गुरुङ अहिले आफ्नो ४९औं फिल्म (रिपा) प्रदर्शनका क्रममा बेलायत आएका हुन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com