ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री नै पिच्छे नयाँ कार्यक्रम, विकास खर्च खस्कदो (भिडियोसहित)


ABC NEWS
बैशाख १५, २०८० शुक्रबार  १० : ५० बजे

काठमाडौं, १५ वैशाख ।

प्रदेश सरकार नागरिकको जनमुखी कामकारबाहीमा भन्दा सत्ता परिवर्तनको खेलमा बढी केन्द्रीत छ । सत्ता संघर्षमै केन्द्रीत भएका कारण चालु आर्थिक वर्षमा अत्यन्त न्युन विकास खर्च भएको तथ्यांक छ । सात प्रदेशमध्ये कर्णालीमा सबैभन्दा कम विकास खर्च भयो । ६ महिना पनि नपुग्दै चार वटा प्रदेशमा सरकार परिवर्तन एवम् मन्त्रिपरिषद् हेरफेर भए । जसकारण बहुवर्षिय योजनाभन्दा टुक्रे योजना, सरकार र मन्त्री फेरिएपिच्छे आएको नयाँ – नयाँ कार्यक्रमका कारण यसको प्रत्यक्ष असर विकासमा परेको छ ।

चालु आर्थिक वर्षको समयसीमा सकिन अब करिब तीन महिना मात्र बाँकी छ । तर, यो अवधिसम्म प्रदेश सरकारको विकास खर्च भने अत्यन्त न्यून छ । हालसम्म प्रदेश सरकारको विकास खर्च २२ देखि ३६ प्रतिशत मात्र रहेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्म सबैभन्दा कम मधेस प्रदेशमा पुँजीगततर्फ २२ प्रतिशत र कर्णालीमा २२.१२ प्रतिशत विकास खर्च भएको तथ्यांक छ । ठूलो आकारको बहुवर्षिय योजना निर्माण र कार्यान्वयनभन्दा टुक्रे योजनाका कारण विकासमा यसको नकारात्मक असर परेको छ । शक्ति बाँडफाँड र सरकार परिवर्तनमै नेताहरु केन्द्रीत हुँदा पुँजीगत एवम् विकास खर्च हुन सकेको छैन । अझ आर्थिक वर्षको अन्त्यतिर कार्यक्रम संशोधन र रकमान्तर गर्ने प्रवृत्तिका कारण लक्ष्य अनुसारको विकास खर्च हुन नसकेको हो । कर्णालीमा आर्थिक वर्ष २०७९÷८० मा पुँजीगततर्फ १९ अर्ब ५२ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा चैत मसान्तसम्म ४ अर्ब ३१ करोड ७२ लाख रुपैयाँ मात्र खर्च भएको छ । कर्णालीमा पुँजीगतको तुलनामा चालुतर्फ अधिक खर्च भए पनि मधेशमा भने चालु खर्च नै न्यून छ । चैत मसान्तसम्म कर्णालीमा करिब ३३ प्रतिशत र मधेशमा २१ प्रतिशत चालु खर्च भएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालल राजनीतिक परिवर्तन भएपनि मुलुक परिवर्तन हुन नसकेको बताए । देशको जुनसुकै क्षेत्रको अस्थीरताले यसखाले वातावरण लामो समयदेखि पैदा गरेको उनको भनाइ छ ।

मधेश प्रदेशमा पुँजीगततर्फ २५ अर्ब ९८ करोड ९ लाख रुपैयाँ विनियोजन गरिएकोमा चैत मसान्तसम्म ५ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ । सातमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा अर्थात् त्यहाँ ३६.३७ प्रतिशत विकास खर्च भयो । चालुतर्फ १४ अब ८७ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएकोमा ४९.४९ प्रतिशत खर्च भएको छ । कोशीपछि पुँजीगत खर्च बढी गर्नेमा लुम्बिनी प्रदेश छ । लुम्बिनीले पुँजीगततर्फ ७ अर्ब ७५ करोड १७ लाख रुपैयाँ अर्थात् ३१.७१ प्रतिशत र चालुतर्फ ७ अर्ब २६ करोड ५० लाख अर्थात् ४० प्रतिशत खर्च गरेको छ । गण्डकी प्रदेशमा २८.२६ प्रतिशत खर्च भएको छ । गण्डकीमा पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख रुपैयाँ विनियोजन गरिएकोमा चैत मसान्तसम्म ६ अर्ब २५ करोड ५९ लाख ४५ हजार रुपैयाँ खर्च गरेको छ । वागमती प्रदेशमा पुँजीगतको तुलनामा चालु खर्च अधिक छ । बाग्मतीमा पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएकोमा चैत मसान्तसम्म त्यसको २४ प्रतिशतमात्रै खर्च भएको छ । चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएकोमा ४१ प्रतिशत खर्च भएको छ । पुँजीगत खर्च सामान्यतया ७५ प्रतिशत खर्च भइसक्नुपर्छ तर वर्षेनी आर्थिक वर्षको अन्त्यतिर मात्र आलटाल गर्ने हिसाबले बढी खर्च हुँदै आएको छ । जसको नकरात्मक प्रभाव विकासका काममा पर्दै आएको छ ।

सुदूरपश्चिम प्रदेशमा २८ प्रतिशत पुँजीगत खर्च भयो । सुदूरपश्चिममा चालु आर्थिक वर्षमा २४ अर्ब १९ करोड ६३ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएकामा चैत मसान्तसम्म ६ अर्ब ७७ करोड ३२ लाख ६१ हजार रुपैयाँ खर्च भएको छ । चालुतर्फ १२ अर्ब २६ करोड ८४ लाख १४ हजार रुपैयाँ विनियोजन गरिएकोमा ४ अर्ब ६८ करोड ३९ लाख १९ हजार अर्थात् ३८.१७ प्रतिशत खर्च भएको छ । विकास खर्च कम हुने यो तथ्यांक अथवा भनौं यो समस्या नयाँ भने होइन । विगतमा हुँदै आए जसरी नै यस वर्ष पनि कर्णाली र मधेश प्रदेशमा बजेट खर्च अत्यन्तै न्यून भएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा मधेशमा कुल बजेटको ६३.८१ प्रतिशतमात्र खर्च भएको थियो । सुदूरपश्चिममा ६६.३३ प्रतिशत, कर्णालीमा ६६.४४ प्रतिशत, सबैभन्दा बढी कोशी प्रदेशमा ८६.२१ प्रतिशत, वाग्मतीमा ७७.२५ प्रतिशत, लुम्बिनी प्रदेशमा ७३.३८ प्रतिशत र गण्डकी प्रदेशमा ७०.३१ प्रतिशत बजेट खर्च भएको थियो । ऋार्थिक वर्षको अन्तिम दुई महिना जेठ र असारमा पुँजीगततर्फ ठूलो हिस्सा खर्च हुँदै आएको र यो प्रवृत्तिलाई नियन्त्रण गर्न महालेखाले सुझाव दिदै आएको छ । तर, प्रदेश सरकारले भने त्यसतर्फ ध्यान दिएको देखिँदैन । विकासका योजनाहरु प्रक्रियामै अल्झिरहने प्रशासनिक पद्दतिका कारण पनि परिणाम प्राप्त हुन नसकेको हो । विकास बजेटमा देखिएको यसखाले निराशापूर्ण प्रगतिलाई सुधार गर्नतर्फ सम्बन्धित पक्ष जागरुप हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com