ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् महशुल भुक्तानी अब अनलाइनबाट


admin

लहान, १७ माघ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आजदेखि अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा शुरु गरेको छ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी आजबाट अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा प्रारम्भ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेवप्रसाद यादवले जानकारी दिनुभयो ।

वितरण केन्द्रमै आएर महशुल बुझाउँदै आएका ग्राहकले अनलाइन प्रविधिर्फत अब इ सेवा, महालक्ष्मी विकास बैंक लिमिटेड, प्रभु बैंक, हिमालयन बैंक, पेय प्वाइन्ट, सिटी एक्सप्रेस, नेपाल इन्भेष्टमेन्ट बैंकलगायत बैंक तथा वित्तीय संस्थाबाट विद्युत् महशुल बुझाउन सकिने यादवले बताउनुभयो ।

अनलाइन प्रबिधिबाट महशुल भुक्तानी गर्दा महशुल रकमबाहेक ग्राहकलाई थप कुनै किसिमको रकम लाग्ने छैन । वितरण केन्द्र पुगेर महशुल बझाउन आउँदा दैनिकजसो ग्राहकको भिड लाग्दै आएको छ । अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा शुरु भएपछि अब ग्राहकले अनावश्यक सास्ती बेहोर्नु नपर्ने विश्वास गरिएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानअन्तर्गत ४५ हजार ग्राहक रहेका छन् ।

यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने १४० जना सेवाग्राहीको विद्युत् लाइन काटेको छ । बक्यौता विद्युत् महशुल नबुझाउने ग्राहकको विद्युत्लाइन काट्ने अभियान शुरु गरिएको कार्यालयले जनाएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता बाँकी रहेका २२० ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेका हुन् । विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महशुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com