ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिमा अर्बौ लगानी, प्रतिफल शुन्य


ABC NEWS
बैशाख १२, २०८० मंगलबार  १ : ०४ बजे

काठमाडौं, १२ वैशाख ।

आर्थिक वर्ष २०७३÷७४ देखि सञ्चालनमा ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अनुदानको अनुपातमा उत्पादन बढ्न सकेको छैन । सुरु भएदेखि हालसम्मको ६ वर्षको अवधिमा सो परियोजनामा २६ अर्बभन्दा बढी खर्च भएको छ । तर, कृषि मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो ६ महिनामा मात्रै १८ अर्ब ६३ करोडको धान–चामल, ६ अर्ब ६० करोडको मकै र ६६ करोडको गहुँ आयात भएको छ । सो परियोजनाको कार्यान्वयन मुल्यांकन प्रत्येक २– २ वर्षमा गर्ने भनिएको थियो । तर, हालसम्ममा कुनै पनि मुल्यांकन समेत हुन सकेको छैन । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनले परियोजनामार्फत अबौं रुपैयाँ खर्च भएपनि नतिजा भने सन्तोषजनक नरहेको पुष्टि गरेको छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अनुदान बढेको अनुपातमा कृषिजन्य उत्पादन भने घटेको छ । कृषि उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले करिब ६ वर्षअघि आर्थिक वर्ष २०७३÷७४ मा प्रधानमन्त्री कृषि आधुनिकीक्ण परियोजना सञ्चालनमा ल्याइएको थियो । प्रतिवेदन अनुसार २०७७÷७८ को वर्षभन्दा आर्थिक वर्ष २०७८÷७९ मा तरकारी उत्पादनमा थप अनुदान बढायो तर उत्पादन भने १.०२ प्रतिशतले घट्यो । गत वर्षको तुलनामा यस वर्ष १०.९२ प्रतिशत अनुदान वृद्धि गरेर २१ अर्ब ८३ करोड खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ । परियोजना सञ्चालन गरेको ५ वर्षमा परियोजना अन्तर्गत २६ अर्ब ३५ करोड ७६ लाख रुपैयाँ रकम खर्च भइसकेको छ । तर, धान, चामल, मकै, गहुँ, आलु, केरा, स्याउ सुन्तलालगायत खाद्यवस्तुमा आयातमै निर्भर हुनुपरेको अवस्था छ । ६ महिनामा १८ अर्ब ६३ करोडको धान–ण्ण्ण्चामल, ६ अर्ब ६० करोडको मकै र ६६ करोडको गहुँ आयात भएको कृषि मन्त्रालयकै तथ्यांक छ । ५ अर्ब ३९ करोडको आलु, २३ करोड १५ लाखको केरा, १ अर्ब ५ करोडको सुन्तला, २ अर्ब ६९ करोडको प्याज र ३ अर्बको स्याउ आयात भएको छ । परियोजनामार्फत अर्बौं रुपैयाँ खर्च भए पनि नतिजा सन्तोषजनक छैन ।

यस परियोजनाको मुख्य उद्देश्य कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, बालीवस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरण गर्नु हो । यसका लागि देशका ७७ वटै जिल्लामा आवश्यक पूर्वाधारसहित करिब सवा २६ अर्ब रकम खर्च भएको छ । तर, परियोजना कार्यान्वयनको मुल्यांकन समेत हुन सकेको छैन । किसानका लागि शीतभण्डार, माछापोखरी निर्माण अनुदान, चक्लाबन्दी अनुदान, कस्टम हायरिङ सेन्टर लगायतका अनुदान उपलब्ध गराइन्छ । जसकारणले पनि जुन उद्देश्यका साथ कृषि क्षेत्रमा कार्यक्रम ल्याइएको छ त्यसको प्रतिफल प्राप्त हुन सकेको छैन । आर्थिक वर्ष २०७८÷७९ सम्म कृषिमा यन्त्रीकरण प्रवद्र्धनमा उत्पादनदेखि बजारीकरणसम्म आवश्यक औजार उपकरणको सेटसहितको सेवा उपलब्ध गराउन ५० प्रतिशत अनुदान दिइएको थियो । यसैगरी, ५ सय ७५ वटा कस्टम हायरिङ सेन्टर स्थापना भएका छन् । सेन्टरबाट ५७ करोड ५० लाख मुल्य बराबरको यन्त्र उपकरण उपलब्ध गराए पनि अभिलेख तयार गरिएको छैन । लक्षित वर्गका लागि ल्याइएको अनुदानबाट वास्तविक कृषक वञ्चित हुँदा प्रतिफल परिणाममुखी हुन नसकेको हो ।

कृषि क्षेत्रमा सम्भाव्यता नीतिगत तथा कानुनी आधार, सञ्चालन मोडालिटी एवं दिगोपनालगायत विषयमा पर्याप्त अध्ययन एवं विश्लेषण भएको छैन । यस्ता विश्लेषण नै नगरी सुरुमै शीतभण्डार निर्माणका लागि पेस्की दिइएको कतिपय ठाउँमा यस्ता काम अझै पुरा भएका छैनन् । माछा पोखरी निर्माण, कृषि फार्म निर्माण आदि काममा दिइएको अनुदानमा अनियमितता छ । कृषिमा प्राविधिक क्षेत्र एवम् आधुनिकीकरणका लागि आवश्यक दक्ष जनशक्तिको कमी छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा आर्थिक वर्ष २०७८÷७९ मा ३ हजार ९३६ हेक्टर जमिनमा चक्लाबन्दी कार्यक्रम लागू भई १ अर्ब ५७ करोड अनुदान उपलब्ध गराइएको छ । तर, यसरी अनुदान प्राप्त गर्ने किसान समुहले खेती गर्नुपर्ने समयसीमाबारे कार्यविधी छैन । परियोजनाको आन्तरिक पुनरावलोकन समिति गठन भएर आन्तरिक रुपमा मुल्यांकन भएको जनाएपनि यसको प्रभावकारीता शुन्य जस्तै छ । यसर्थ, जुन उद्देश्यका साथ परियोजना सञ्चालनमा ल्याइएको थियो यसमा गरिएको लगानी बालुवामा पानी खनाएजस्तै हुनु हुन्नँ । देशको आधार अर्थतन्त्रको रुपमा रहेको कृषि अर्थतन्त्र चलायमान एवम् विकसित बनाउन सम्बन्धित सबै पक्षको ध्यान जान आवश्यक छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com