ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प


एबीसी न्यूज

काठमाडौं, १० बैशाख । अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् । तीन दिनदेखि ढुवानी रोक्ने चेतावनी दिँदै आएका उनीहरूले गए रातिदेखि ढुवानी ठप्प पारेका हुन् ।

गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि गत मङ्गलबार यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा कार्यालयले बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको थियो । यातायात व्यवस्था विभागको सात दशमलव पाँच घनमिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकामा भारमापन केन्द्र ९तौलपुल०मा तौल लिँदा समय लाग्ने तथा प्रशासनले बोक्नुपर्ने तौलको यकिन नगरी दु:ख दिएको कारण देखाउँदै व्यवसायीले ढुवानी रोकेका बताएका छन् ।

व्ययसायीले पनौती क्षेत्रबाट शुक्रबार रातिदेखि नै ढुवानी ठप्प पारेका थिए भने शनिबार राति अरनिको राजमार्ग, बिपी राजमार्ग र हेलम्बु राजमार्गका ढुवानी ठप्प पारेका हुन् । टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाउँदै आइएको छ । विसं २०७८ पुसमा काभ्रेपलाञ्चोकको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र ९तौलपुल० व्यवस्थित गरिएको थियो ।

केराघारीमा शनिबार साँझदेखि नै चालकले मालवाहक गाडी तौलन नहुने भन्दै विरोध जनाएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालका अनुसार सबै तौलपुलमा व्यवसायी तथा यातायात मजदुरले विरोध जनाउन थालेपछि त्यस आपसाप ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो । प्रहरी परिचालन र विरोधका बीच नगन्य मात्रामा मालवाहक सवारी चलेको थियो ।

बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले प्रशासनले कति तौल बोक्नुुपर्ने स्पष्ट नगरी गाडीको तौल लिएर झन्झट दिलाएको आरोप लगाउँदै आउनुभएको छ । “हामी पनि विभागको प्रावधानअनुसार नै चलेका छौँ, तौल लिने नाममा दु:ख दिनुभएन, त्यसैको विरोधस्वरुप ढुवानी रोकिएको हो”, उहाँले भन्नुभयो । तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने उहाँको भनाइ छ ।

तौलपुल स्थापनापछि मालवाहक सवारीले आनाकानी गर्दै भारमापन गर्न नमानेका कारण तौलपुल लथालिङ्ग अवस्थामा रहेपछि काभ्रेपलाञ्चोक प्रशासनले बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको थियो । तौलपुल स्थापनापछि तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न/गराउन आग्रहसमेत गर्दै आएका थिए ।

दुई राजमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार निर्माण सामग्रीलगायतका मालवाहक सवारी चल्ने गर्दछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश थापाले टिपर तथा ट्रकलाई ढालाभन्दा माथि सामग्री बोकेर नहिँड्न आग्रह गर्दै आइएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले तीन राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा नियमसङ्गत ढङ्गले भारमापन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न लगाइनेछ, यसबाट सडक जोगिने छ भने व्यावसायीको समेत विश्वास बढ्नेछ ।” उहाँका अनुसार मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् ।

भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ ९संशोधनसहित०को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा २०७८ फागुनमा जारी पत्रानुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुनसकेको थिएन । तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीले रु एक सय ५० तिर्नुपर्ने नियम बनाइएको छ । निर्देशिकाअनुसार छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com