ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भिक्टोरिया क्रस’ विजेता रामबहादुर लिम्बूको निधन


abc tv
बैशाख ९, २०८० शनिबार  ५ : ४० बजे

काठमाडौं । ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ । लिम्बूको आज बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए ।

लिम्बू छ महिनादेखि बिरामी थिए । झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि उनी तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थिए ।

लिम्बूलाई नखिपोटस्थित घरबाट अस्पताल लैजाने र ल्याउने गरिँदै आएको थियो । तर एक महिनायता भने उनलाई मेडिसिटी अस्पतालमै राखेर उपचार भइरहेको थियो ।

लिम्बूको अन्त्येष्टि दमकमा गरिने उनका छोरा मोहनले जानकारी दिए । दमक–८ का स्थायी बासिन्दा लिम्बूको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याइएको थियो । उनी मिर्गौला र मुटु सम्बन्धी रोगबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com