ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइटी क्षेत्रमा लगानी गर्न ब्रिटिस व्यवसायीलाई आह्वान


एबीसी न्यूज
बैशाख ८, २०८० शुक्रबार  ३ : २२ बजे

काठमाडौं, ८ बैशाख । ब्रिटिस व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेको भन्दै सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गर्नुभएको छ ।

लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा युवा, शिक्षित तथा मेहनती जनसङ्ख्या बढ्दै गएको र सामाजिक, आर्थिक क्षेत्रमा फड्को मार्न नेपाल तयारी अवस्थामा रहेको बताउनुभयो ।

नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्न नेपाल सरकारले सूचना प्रविधि विज्ञ, निजी क्षेत्र, तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सहकार्य गर्न खोजीरहेको उहाँको भनाइ छ । उहाँले ब्रिटिस कम्पनीलाई नेपाली कम्पनीसँग मिलेर काम गर्न र नेपालमा लगानी गर्न पनि आग्रह गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले पछिल्लो एक दशकभित्र सूचना प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताउँदै कानुनी तथा भौतिक पूर्वाधार विकासका लागि नेपाल सरकारले काम गरिरहेको बताउनुभयो ।

उहाँले ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रको आधार निर्माण गर्न तथा आमनागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरुपमा उपलब्ध गराउन नेपाल सरकारले विसं २०७६ मा डिजिटल नेपाल फ्रेमवर्क नीति पारित गरी कार्यान्वयन पनि गरिरहेको स्पष्ट पार्नुभयो ।

सरकारले देशका विभिन्न क्षेत्रमा सूचना प्रविधि पार्क स्थापना गर्ने योजना बनाएको जनाउँदै सहसचिव दत्तले सूचना प्रविधिको विकासका लागि नीति नियम परिमार्जन गर्न पनि सरकार तयार रहेको बताउनुभयो ।

नेपालमा लगानी प्रवद्र्धन गरिरहेको डोल्मा इम्प्याक्ट फन्डका प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा काम गर्दा आफूहरुले सरकार र निजी क्षेत्रबाट पर्याप्त सहयोग पाएको बताउनुभयो । उहाँले नेपाली युवा दक्ष, मेहनती र मिलनसार रहेको भन्दै आफ्नो कम्पनीले जलविद्युत् र स्वास्थ्य क्षेत्रपछि अहिले सूचना प्रविधिमा पनि लगानी गर्न लागेको बताउनुभयो ।

ब्रिटिस कम्पनी, एमबीआइ एमबीओ लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी ब्रायन डफीले कुनै पनि मुलुकको विकासका लागि त्यहाँका जनता र संस्कृतिको महत्वपूर्ण भूमिका रहने बताउँदै नेपालीको इमान्दारिता र मेहनत गर्ने प्रवृत्तिबाट आफू प्रभावित भएको बताउनुभयो । उहाँले सूचना प्रविधि क्षेत्रको विकासलाई प्राथमिकता दिन नेपाल सरकारलाई आग्रह पनि गर्नुभयो ।

बेलायतमा मुख्यालय भएको कम्पनी जेनिस सलुसनका संस्थापक तथा मुख्य प्रविधि अधिकृत अन्जनी फुयालले नेपालका विश्वविद्यालय तथा कलेजबाट बर्सेनि झन्डै ७० हजार युवाले विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बद्ध विषयमा स्नातक गरिरहेको बताउनुभयो ।

उहाँले नेपालीले नेपालमै बसेर विश्वका प्रमुख कम्पनीका लागि काम गरिरहेको बताउँदै नेपाललाई सूचना प्रविधिको हबको रुपमा विकास गर्न नेपाल सरकारले नीतिगत तथा कार्यक्रम ल्याएर काम गर्नुपर्ने सुझाव दिनुभयो । “अमेरिका वा युरोपेली मुलुकको तुलनामा नेपालमा जनशक्ति सस्तो तर दक्ष छ, नेपालमा कानुनी तथा पूर्वाधारको ढाँचा बनिसकेको छ र समय ९टाइम जोन०को पनि लाभ छ”, उहाँले भन्नुभयो, “त्यसैले नेपालमा अवसर छन् तर तिनलाई व्यवहारमा उतार्न नेपाल सरकारले क्लाउड फस्ट नीति अपनाउनुपर्छ, वैदेशिक लगानीका लागि न्यूनतम सीमा घटाउनुपर्छ, सूचना प्रविधि शिक्षालाई प्रवद्र्धन गर्नुपर्छ र नेपालमा आएर काम गर्न चाहने दक्ष विदेशी जनशक्तिका लागि सरल भिसा प्रणाली अपनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com