ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोहलपुरमा तयार हुँदै गौरवका योजना


एबीसी न्यूज
बैशाख ८, २०८० शुक्रबार  २ : ५४ बजे

काठमाडौं, ८ बैशाख । कोहलपुर नगरपालिकाले सुरु गरेको पूर्वाधार विकासअन्तर्गत गौरवका योजना तयार भइरहेका छन् । नगरपालिकाले ठूला आयोजनालाई गौरवका योजनामा राखेर काम गर्दै आएको छ । सोअन्तर्गत अत्याधुनिक सपिङ कम्पेलेक्ससहितको लामो दूरीको बसपार्क र धरहराको झल्को दिने गरी बनाइएको दश तले भ्यू टावरको काम सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताउनुभयो ।

उहाँका अनुसार कोहलपुरमा अत्याधुनिक सपिङ कम्पेलेक्ससहितको लामो दूरीको बसपार्क निर्माण भई सञ्चालनको तयारीमा रहेको छ । बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्सलगायत सबै संरचना निर्माण भइसकेका छन् ।

अत्याधुनिक बसपार्कमा व्यावसायिक सटरसँगै, स्वास्थ्यचौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने व्यवस्था गरिएको छ । बसपार्कमा तीन दर्जनभन्दा बढी लामो दूरीका सवारी साधन राख्न सकिने क्षमता छ । केही दिनमै निर्माण व्यवसायीले सम्पूर्ण काम सकेर कोहलपुर नगरपालिकालाई हस्तान्तरण गर्ने र त्यसपछि सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण नगर विकास कोषले लगानी गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको थियो । बसपार्क सञ्चालनमा आएपछि यात्रुलाई सहज हुनाका साथै कोहलपुरको विकासमा समेत टेवा पुग्ने नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसपार्क सञ्चालनका लागि कोहलपुर बसपार्क व्यवस्थापन कार्यविधि २०७९ समेत स्वीकृत भएको छ । उक्त बसपार्कबाट देशको पूर्व–पश्चिम र उत्तर– दक्षिणका विभिन्न स्थानमा लामो दूरीका यातायातका साधन चल्नेछन् ।

कोहलपुरमा काठमाडौँको धरहराको झल्को दिने गरी निर्माण गरिएको दश तले भ्यूटावर निर्माण भएको छ । कोहलपुर नगरपालिका–११ गोलपार्कमा निर्माण गरिएको लिफ्टसहितको सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण कार्य पूरा भएको निर्माण कम्पनी एसोसिएट जय भवानी निर्माण कम्पनीका सञ्चालक अर्जुन पनेरुले बताउनुभयो ।

यसैगरीे ठूला योजनाका रुपमा सुरु भएका नगर अस्पताल, कभर्ड हल, बाल अस्पताल पनि धमाधम निर्माण भइरहेको नगरप्रमुख आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com