ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समिट नजिकैको घर मात्रै नभई बाटो समेत भाँसिदै (भिडियोसहित)


ABC NEWS
बैशाख ८, २०८० शुक्रबार  ७ : ५२ बजे

काठमाडौं, ८ वैशाख । ललितपुरको बखुण्डोलमा १६ तलाको समिट होटल एण्ड रेजिडेन्स निर्माण गर्ने क्रममा त्यस क्षेत्रका बस्ती वरपरका बाटोहरु पनि भाँसिदै गएको छ । करिब ६ अर्ब रुपैयाँको लगानीमा १८ रोपनी जग्गामा बन्न लागिरहेको उक्त अपार्टमेन्ट नजिकैका व्यवसायिक संरचना एवम् घरहरुमा क्षति पुग्दा स्थानीयले ललितपुर महानगरसँग हारगुहार गर्दै आएपनि महानगर भने बेखबर जस्तै छ । गैरकानुनी ढंगबाट नक्सा पास तथा वातावरणीय मुल्यांकन प्रभाव (ईआईए) समेत नगरी शक्ति र पहुँचको आँडमा फगत आर्थिक लाभ कुम्ल्याउने उद्देश्य उक्त अपार्टमेन्टले बोकेको देखिन्छ । र यसखाले कार्यमा अरु कोही नभई नेपाली कांग्रेसका सांसद विनोद चौधरी लगायतका धनाढ्य समूहको लगानीमा सो अपार्टमेन्ट बन्न गइरहेको हो । यतिबेला, समिट जस्तै अपार्टमेन्ट एवम् भवनहरु देशैभरमा धमाधम बने यसको भावी असर के हुन सक्छ भन्नेबारे बेलैमा पुर्नविचार गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

ललितपुर महानगर अन्तर्गत जनप्रतिनिधिकै टोलमा बन्दै छ, १६ तलाको समिट अपार्टमेन्ट । तर, यो अपार्टमेन्ट बन्दै गरेकोप्रति महानगर भने बेखबर जस्तै छ । धनाढ्य उद्योगपति जो अहिले नेपाली कांग्रेसका सांसद छन् विनोद चौधरी, उनै चौधरी समूहका धनाढ्यले करिब ६ अर्बको लगानीमा १३० कोठाको पाँच तारे होटल त्यहाँ बन्न लागेको हो । समिटमा १६० युनिट लक्जरी अपार्टमेन्ट बनाइने योजना छ । तर, केबल सिमित धनाढ्यको स्वार्थ पूर्तिका लागि स्थानीयको बसोबास नै ध्वंस हुने गरी गैरकानुनी ढंगले सो अपार्टमेन्ट बन्दा स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेका छन् । महानगर, राज्य मुकदर्शन बनेका छन् । दिनरातै ठूलो र चर्को आवाजमा घर नै थर्कने गरी निर्माण कार्य जारी रहँदा नै स्थानीयले मानसिक पीडा खेप्नुपरेको उजुरी महानगरमा गरे । तर, स्थानीय जनप्रतिनिधि र सरोकारवालाले कानमा तेल राखेझैं बेवास्ता गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

सो क्षेत्रमा २०७२ को भुकम्पले समेत केही असर नगरेको घरहरु ध्वस्त भएका छन् । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनको निवास पनि केही मिटर परको दुरीमा त्यही छिमेकमा छ । अपार्टमेन्ट नजिकैका घरहरु मात्रै नभई बाटोहरु पनि भाँसिदै गएका छन् । अर्थात्, भुकमपले एक चोटी, एक दिन विनाश गथ्र्यो तर यसखाले गैरकानुनी अपार्टमेन्ट निर्माणले त्या क्षेत्रको भौतिक सम्पूर्ण भौगोलिक संरचनामा नै पछिसम्म निरन्तर असर पार्ने चिन्ता बढेको छ । पछिल्लो समय महानगरले नक्सा पास नभएको र वातावरणीय प्रभाव मुल्यांकन समेत नगरिएको समिट अपार्टमेन्टको छानबिनका लागि समिति बनाएको छ । अब उक्त समितिले घटनाको प्रतिवेदन तयार गर्ने जनाइएको छ । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले नक्सा पास नभएकाले यसमा कमीकमजोरी देखिएको र यसको जिम्मा महानगरले दिने बताए ।

स्थानीय अब बर्खाको समयमा त्यो क्षेत्रको अवस्था कस्तो होला भन्नेमा अझ चिन्तित छन् । उनीहरुले सकेसम्म मनसुन अगाडि नै सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोेड दिएका छन् । समिटले निर्माण अवधि कार्यमा प्रभाविक भएका सबैलाई क्षतिपूर्ति बेहोर्ने जनाएको छ । अहिलेसम्म भाडामा बस्ने घरधनी गरेर ११ जना व्यक्ति पीडित देखिएका छन् । समिट र पीडितबीच वडा नं. १ का अध्यक्ष निर्मल तण्डुकारको रोहबरमा सञ्चालकद्वय चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको हस्ताक्षरसहित प्रारम्भिक सम्झौता भयो ।

तत्काललाई समिटले पीडित स्थानीयको सबै क्षतिपूर्ति बेहोर्ने जनाएको छ । तर, कुरा समिटिको मात्रै नभई देशैभरमा यस्ता अधिकांश ठूला संरचना वातावरणीय प्रभाव मुल्यांकन नगरीकन नै बनाइएको छ । जसकारण, वातावरण, भौगोलिक संरचना, स्थानीयको जनजीवनमा प्रत्यक्ष असर पर्दै आएको छ । सानालाई ऐन, ठूलालाई चयन भनेझैं देशको ऐन, कानुन केही पनि मान्न नपर्ने यसखाले लापारबाहीले पर्ने असरप्रति राज्य किन मौन समर्थनमा छ । जसकारण, दशकौं अघि बनेका दीगो विकासका कानुन लागू गर्न, गराउन राज्य असक्षम भएको साबित हुँदै आएको छ । सरकार र सम्बन्धित निकायको यसतर्फ यथाशिघ्र ध्यान जान आवश्यक छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com