ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले ‘समिट फर डेमोक्रेसी’ मा भिडियो सम्बोधन गर्ने


एबीसी न्यूज
चैत्र १४, २०७९ मंगलबार   ९ : ०९   बजे

काठमाडौं, १४ चैत्र ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको ‘समिट फर डेमोक्रेसी २०२३’ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भिडियो सम्बोधन गर्ने भएका छन् ।

मंगलबारदेखि दुई दिनसम्म चल्ने सम्मेलनमा प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बोधनको रेकर्डेड भिडियो पठाइसकेको छ । मंगलबार समिटमा त्यसको प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रचण्डको भिडियो सम्बोधनमा नेपालको मानवअधिकारको अवस्था र लोकतन्त्रका लागि सरकारले चालिरहेका पहलबारे बोल्ने जनाइएको छ ।

अमेरिकाले यो सम्मेलन कोस्टारिका, नेदरल्याण्डस, दक्षिण कोरिया र जाम्बियासँग मिलेर आयोजना गर्दैछ । यसअघि ९ र १० डिसेम्बर २०२१ मा राष्ट्रपति बाइडेनले पहिलोपटक ‘समिट फर डेमोक्रेसी’ को आयोजना गरेका थिए । उक्त सम्मेलनमा नेपालबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भर्चुअल माध्यमबाट नै सहभागी भएका थिए ।

नेपालमा नयाँ सरकार गठन भएलगत्तै गत १५ र १६ माघमा नेपालको दुई दिने भ्रमण गरेकी अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री प्रचण्ड र तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग समिटमा नेपालबाट उच्चस्तरीय सहभागिताको विषयमा छलफल गरेकी थिइन् ।

त्यसको केही समयपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले पनि प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिएको थियो ।

समिट फर डेमोक्रेसी अमेरिकी राष्ट्रपति बाइडेनको व्यक्तिगत इच्छा र पहलमा सुरु गरिएको हो, ‘समिट फर डेमोक्रेसी’ । अमेरिकाले विश्वभर लोकतन्त्र स्थापना र कार्यान्वयन तथा मानवअधिकार संरक्षण गर्ने दाबीसहित यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसपटक अमेरिकाले १२० वटा मुलुकलाई समिटमा सहभागी हुन निम्तो दिएको छ । अघिल्लोपटक सहभागी नभएका बोस्निया, हेर्जेगोभिना, जाम्बिया, होन्डुरस, आइभरी कोस्ट, मौरिटानिया, मोजाम्बिक, तान्जानिया, र लिन्चेस्टिनलाई पनि आमन्त्रण गरेको छ । तर अमेरिकी सैन्य संगठन नाटोमा आवद्ध टर्की र हंगेरीलाई भने यसपटक निम्तो गरिएको छैन ।

अमेरिकाले समिट फर डेमोक्रेसी आयोजना गरेको अघिल्लो दिन मात्रै चीनले पनि एसियाली मुलुकहरूको सहभागितामा बोआओ फोरम आयोजना गरेको छ । उक्त फोरममा चीनले नेपाललाई पनि आमन्त्रण गरेको थियो । गत १० फागुनमा नवनियुक्त चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै निमन्त्रणा गरेका थिए । तर उक्त सम्मेलनमा भने प्रचण्डले सहभागिता जनाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group