ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानलाई २ सय २ रनले हराउँदै भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा


एबीसी न्यूज
माघ १६, २०७४ मंगलबार  १० : ३१ बजे

माघ १६ ।  ब्याटिङमा सुभम गिल र बलिङमा इशान पोरेल चम्किएपछि चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई २ सय २ रनको बिशाल हार चखाउँदै भारत न्यूजील्याण्डमा जारी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

उपाधिका लागि विश्व क्रिकेटका दुई महारथीहरु भरत र अष्ट्रेलिया भिड्दैछन् । अष्ट्रेलिया अफगानिस्तानलाई हराउँदै यसअघि नै प्रतियोगिताको फाइनलमा पुगीसकेको छ ।

न्यूजील्याण्डको क्राइष्टचर्चस्थित हगले ओभलमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो । भारतका लागि शुभम गिलले १ सय २ रन बनाएका थिए । ९४ बल खेलेर उनले ७ चौका प्रहार गरेका थिए । उनी खेलको म्यान अफ द म्याच भए ।

कप्तान पृथ्वी शले ४१ र मञ्जोत कालराले ४७ रन बनाएर भारतको सुरुवात राम्रो गरेका थिए । त्यस्तै सातौं नम्बरमा ब्याटिङ गर्न आएका एएस रोयले पनि ३३ रन बनाए ।

बलिङतर्फ पाकिस्तानमा मोहम्मद मुसाले ४ तथा अर्सद इक्बालले ३ विकेट लिए ।

ब्याटिङमा शानदार प्रदर्शनपछि बलिङ पनि उस्तै धारिलो भएपछि २ सय ७३ रनको लक्ष्य पछ्याएको पाकिस्तान २९.३ ओभरमा ६९ रनमै समेटियो । पाकिस्तानका तीन खेलाडीले मात्र दोहोरो अंकको रन बनाए । रोहिल नाजिरले बनाएको १८ रन पाकिस्तानी ब्याट्सम्यानको सबैभन्दा उच्च व्यक्तिगत स्कोर हो ।

पाकिस्तानको ब्याटिङ इनिङ ध्वस्त पार्ने क्रममा भारतीय बलर इशान पोरेलले ४ विकेट लिए । उनले ६ ओभरमा २ मेडन राख्दै मात्र १७ रन खर्चिए । त्यस्तै शिव सिंह र रियान परागले समान २\२ विकेट लिए ।

भारत र अष्ट्रेलियाबीचको फाइनल आगामी शनिबार हुनेछ भने पाकिस्तानले तेस्रो स्थानका लागि अफगानिस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो

नेपाल ‘ए’ को लगातार दोस्रो जीत, अमेरिका ३ विकेटले पराजित

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com