ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिकलसेलको अध्ययन गर्दै डा नाकामुरा


एबीसी / संवाददाता
चैत्र ५, २०७९ आईतबार   ७ : ०५   बजे

तुलसीपुर, ५ चैत । जापानी नागरिक डा.युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेकी छन् । दाङ तुलसीपुरमै मधुमेह रोगका बारेमा ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेकी उहाँले सिकलसेलका बारेमा अनुसन्धान गर्न थालेकी हुन् ।

चार वर्षअघि तुलसीपुर आउँदा उनले थारू समुदायमा मात्रै लाग्ने सिकलसेल रोगका बारेमा जानकारी पाएको जनाउँदै त्यसमा पनि आफूले अध्ययन गर्न थालेको बताइन् । “मैले चार वर्षअघि दाङको तुलसीपुरमै मधुमेह रोगका बारेमा अनुसन्धान गरेर विद्यावारिधि गरेकी छु”, नेपाली भाषामा डा नाकामुराले भनिन्, “मैले थारू समुदायमा मात्रै लाग्ने सिकलसेल एनिमियाबारे जानकारी पाएँ, अहिले यसकै रिसर्च गरिरहेकी छु ।” यहाँ चार वर्षअघि तुलसीपुर आएर करिब तीन महिना तुलसीपुर बसेकी थिइन् । त्यतिबेला सिकलसेलका बारेमा केही अध्ययन गर्न पाएको बताउनुभयो । बीचमा पनि नेपाल आएर त्यो रोगका बारेमा अध्ययन गर्ने योजना रहे पनि कोभिडले गर्दा आउन नपाएको बताइन् ।

अहिले उनी एक हप्ताका लागि पुनः नेपाल आएकी छन्। उनले एक हप्तासम्म दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाका सिकलसेल एनिमिया पीडितसँग भेटघाट गर्नेछिन् । त्यसपछि पुनः जापान फर्किने उनले बताइन् । आगामी असारमा पनि पुनः नेपाल आएर बिरामीसँग भेटघाट गर्ने बताइन् ।

डा नाकामुरालाई थारू स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष जीवराज चौधरीलगायतले स्वागत गरेकी थिए । त्यस अवसरमा अध्यक्ष चौधरीले सरकारले नै यो रोगका विषयमा चासो नदेखाएको अवस्थामा जापानी नागरिकले अध्ययन, अनुसन्धान गर्नु आफ्ना लागि ठूलो सहयोग रहेको बताए । उनले सरकारी अध्ययनअनुसार नेपालमा ११.३ प्रतिशत थारू समुदायमा यो रोग लाग्ने गरेको तथ्यांक छ । तर, पूर्णरूपमा थारू समुदायमा सिकलसेल परीक्षण नहुँदा त्यसले आधिकारिकता पाउन नसकेको भन्दै सबै थारू समुदायमा सिकलसेल एनिमिया जाँच हुनुपर्ने बताए ।

सिकलसेल एनिमियाबाट धेरै जनाको मृत्यु भइसकेको र केहीले उपचारमा २० लाखभन्दा पनि बढी खर्च गरिसकेको बताए । यस्तो रोगको उपचारका लागि अहिलेसम्म नेपालमा अस्पतालसमेत स्थापना हुन नसकेको बताए । आफूहरूले बाँकेको नेपालगञ्जमा सिकलसेल एनिमिया अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गरेको भए पनि त्यसमा राज्यले उचित तरिकाले हेर्न नसकेको दुःखेसो पोखे । साथै डा नाकामुराले सोही अस्पतालका लागि एक लाख सहयोग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group