ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमालबाट ३५ हजार किलो फोहर संकलन गर्दै नेपाली सेना


एबीसी / संवाददाता

काठमाडौँ ४ चैत । नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ ।

उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर संकलनको लक्ष्य राखिएको छ । उक्त अभियानका क्रममा सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट १० केजी फोहर सङ्कलन गर्ने लक्ष्य रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकृति र पर्यावरण प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वनलाई सेनाले प्राथमिकतामा राखेको छ । विश्व वातावरणमा परेको प्रतिकूल असरबारे सचेतना फैलाउन र हिमशृङ्खलाको मनोरम सौन्दर्यलाई अक्षुण राख्ने सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ ।

सन् १९५३ मा तञ्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेयता सगरमाथामा मात्रै करिब १४ हजार टन फोहर तथा तीन सयभन्दा बढी मृत शरीर रहेको अनुमान गरिएको छ । सेनाको अगुवाइमा सफाइसँग सरोकार राख्ने विभिन्न सरकारी एवं गैरसरकारी संघ संस्थासँगको समन्वयन र सहकार्यमा अभियान सञ्चालन हुँदैआएको छ ।

प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनले पर्यावरणमा पुर्याएका असरलाई कम गर्ने तथा पर्वतीय अर्थतन्त्र अभिवृद्धि गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको छ । पर्यटक र पर्वतारोहीलाई आकर्षित गर्न तथा भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न अभियानले ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

यस वर्षको अभियानका लागि पूर्वतयारी र समन्वय तथा तालिम सञ्चालन र जनशक्तिको चयनसमेत भइसकेको छ । अभियानमा सगरमाथा र ल्होत्सेका प्रमुख सेनानीसहित १३, बरुञ्चेमा सेनानीसहित नौ, अन्नपूर्णमा सहसेनानीसहित १० जना सैनिक टोलीसहित अन्य शेर्पा सहयोगी रहने छन् । सेनाका अनुसार, अभियान यही चैत १४ देखि आगामी जेठ २२ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि सन् २०१९ मा सगरमाथाबाट कुहिने र नकुहिने गरी १० हजार आठ सय किलो र चार मानव मृत शरीर तथा सन् २०२१ मा सगरमाथा, ल्होत्से, पुमरी, मकालु, धौलागिरि र आमदब्लम हिमालबाट २७ हजार छ सय ७१ किलो फोहर संकलन भएको थियो ।

सेनाका अनुसार, सन् २०२२ मा सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजंघा हिमालबाट कुहिने सात हजार एक सय ५७ र नकुहिने ३३ हजार आठ सय ७७ केजीसहित दुई वटा मानव कंकालसमेत संकलन गरिएको थियो । सेनाको नेतृत्वमा अभियानमा पर्यटन र वातावरण विभाग, खुम्बु पासाङ ल्हामु र अन्नपूर्ण गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालय, हिमालय रेस्क्यु एसोसिएसन, एक्सपिडीसन अपरेटर एसोसिएसन, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एसोसिएसन अफ नेपालको सहभागिता रहनेछ ।

सगरमाथा प्रदूषण नियन्त्रण कमिटी, कञ्चनजंघा र मनास्लु संरक्षण आयोजना, विभिन्न प्रदेश तथा स्थानीय तह, अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्था र निजी क्षेत्रको समेत अभियानमा सहकार्य हुनेछ । प्रकृतिका अनुपम वरदानमध्ये मोतीजस्तै टल्कने हिमाली शृङ्खलाले नेपाललाई विश्वमै परिचित र समृद्ध तुल्याएको छ ।

नेपाल र नेपालीको पहिचानलाई सगरमाथाको उचाइले संसारभर नै गौरव बढाएको छ । सगरमाथासहित नेपालका विभिन्न हिमाल आरोहणको यात्रामा स्वदेशी तथा विदेशी गरी हजारौँको सहभागी भइसकेका छन् । पछिल्ला वर्षमा हिमाल आरोहण देखिएको आकर्षणले हिमाल र हिमाली क्षेत्रमा भएको प्रदूषणले हिमालको साख र सुन्दरता कायम राख्न चुनौती खडा गरेको छ ।

सोही पक्षलाई दृष्टिगत गर्दै सेनाले प्रकृति र पर्यावरण संरक्षणमा सहयोग गर्ने हेतुले ‘सफा हिमाल अभियान’ सञ्चालनलाई प्राथमिकतामा राखेर काम गर्दैआएको छ । सेनाले विसं २०७६ बाट सफा हिमाल अभियान सुरु गरेको हो । नेपालका हिमशृङ्खला विश्वका साहसिक पर्यटकको रोजाइको पहिलो गन्तव्य हुन् ।

अभियानअन्तर्गत संकलन गरिएका पुनः प्रशोधन गर्न सकिने फोहर काठमाडौँ ल्याइने गरिएको छ भने कुहिने फोहर स्थानीय निकायसँगको सहकार्यमा तत् तत् क्षेत्रमै व्यवस्थापन गरिँदैआएको छ । अभियानका क्रममा समुदायसँग सहकार्य गर्दै सम्बन्धित हिमालसम्म पुग्ने पदमार्ग र इलाकामा पर्ने बस्तीमा फोहर सफा गर्नुभन्दा फोहर नै हुन नदिन सचेतना कार्यक्रम पनि सञ्चालन गरिँदैआएको छ । सफा हिमाल अभियान प्रकृति र पर्यावरण सरक्षणमा नयाँ आयाम बनेको प्रवक्ता भण्डारी बताउनुहुन्छ । अभियानका क्रममा सेनाको टोलीले तत्तत् हिमाल आरोणको प्रयास गर्नेछ ।

राष्ट्रिय सुरक्षा, प्रकृति संरक्षण, विकास निर्माण, विश्व शान्ति स्थापना र विपद व्यवस्थापनलगायत हिमाल संरक्षणमा समेत सेनाको महत्वपूर्ण योगदान हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com