ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


एबीसी / संवाददाता
चैत्र २, २०७९ बिहीबार   ७ : १८   बजे

काठमाडौँ, २ चैत । रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब लिभुरपुललाई हराउँदै स्पेनिस क्लब मड्रिडले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

गएराति भएको दोस्रो लेमा लिभरपुलमाथि १–० को जित निकालेको रियलले समग्रमा ६–२ को फराकिलो जित हात पारेको हो । पछिलो लेगमा मड्रिडले ५–२ को सानदार जित निकालेको थियो ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा मड्रिडको जितमा दोस्रो हाफमा कप्तान करिम बेन्जेमाले गरेको गोल नै निर्णायक बन्यो । उनले ७८औँ मिनेटमा ब्राजिलियन विंगर फर्वाड भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भए ।

लिभरपुलले पनि घरेलु टोलीविरूद्ध गोलको अवसर सिर्जना गरे पनि फिनिसिङको नमुना देखाउन सकेन । सातौँ मिनेटमा मोहम्मद सलाहको पासमा डार्विन नुनेजको प्रहारलाई मड्रिडका गोलरक्षक थिबाउट बोर्टुवाले विफल पारे ।

१४औँ मिनेटमा भिनिसियसको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले विफल पारे । २०औँ मिनेटमा एडुआर्डो कामाभिंगाको झन्डै २५ यार्ड टाढाको प्रहार क्रसबारमा लागेर बाहिरिँदा मड्रिड अग्रता लिनबाट चुक्यो ।

गएराति नै भएको अर्को खेलमा आइनट्राख्ट फ्रान्कफुटलाई हराउँदै नेपोली क्वाटरफाइनलमा पुगेको छ । योसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पूरा भएको छ । बेन्फिका, चेल्सी, बार्यन म्युनिख, एसी मिलान, म्यानचेस्टर सिटी, रियल मड्रिड, इन्टर मिलान र नेपोली क्वाटरफाइनलमा पुगेका छन् ।

क्वाटरफाइनल ‘ड्र’ युइएफए मुख्यालय स्वीट्जरल्यान्डको नियोनमा शुक्रबार हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए, ब्ल्याकलिस्टका कारण विदेश यात्रा रोकियो

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

बङ्गलादेशलाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

विश्वकपअघि इरानी टोलीले पायो अमेरिका प्रवेश भिसा

विश्वकपको तयारीमा रहेको स्पेनमा फुटबलको उत्साह चुलियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group