ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल महिला एसियन कप छनोटको दोस्रो चरणमा


एबीसी / संवाददाता
फाल्गुन २९, २०७९ सोमबार  ८ : ३९ बजे

काठमाडौँ, २९ फागुन । नेपालले नर्दन मारियाना आइल्यान्डलाई पराजित गर्दै एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रंगशालामा गएराति सम्पन्न खेलमा नेपालले नर्दन मारियाना आइल्यान्डलाई ६–० ले गोलअन्तरले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्दै महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो ।

नेपालले खेलको पहिलो हाफमा पाँच गोल गर्‍यो भने खेलको दोस्रो हाफमा एक गोल गरेको थियो । नेपालको जितमा दीपा शाही र सारा बज्राचार्यले दुई–दुई गोल गरे । सरस्वती हमाल र जेनिफर रानाले एक–एक गोल गरिन् ।

खेलको पाँचौँ मिनेटमा दीपाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । छैटौँ मिनेटमा साराले गोल गर्दा नेपाल २–० ले अघि रह्यो । खेलको १९औँ मिनेटमा दीपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपालको अग्रता तेब्बर बन्यो ।

खेलको ३०औँ मिनेटमा सरस्वतीले गोल गर्दै नेपाललाई ४–० गोलको अग्रता दिलाइन् । खेलको ४५औँ मिनेटमा सारा बज्राचार्यले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरेपछि नेपालले पहिलो हाफमै ५–० को अग्रता लियो ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा जेनिफरले गोल गर्दै नेपाललाई ६–० को जित दिलाइन् ।

जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा छ अंक जोड्यो । छनोटअन्तर्गत नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० गोल अन्तरले हराएको थियो । उक्त समूहमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)ले अन्तिम समयमा नखेल्ने घोषणा गरेको थियो ।

दोस्रो चरणको छनोट खेल आगामी जुन ३ देखि ११ तारिखसम्म हुने छ । जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा सन् २०२४ म हुने यू–२० महिला एसियन कप खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com