ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिभरपुलमाथि रियल मड्रिडको सानदार पुनरागमन जित


एबीसी / संवाददाता
फाल्गुन १०, २०७९ बुधबार  ८ : ०७ बजे

एजेन्सी, १० फागुन । युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले लिभरपुलमाथि ५–२ गोलको फराकिलो जित हात पारेको छ ।

लिभरपुलको मैदान एनफिल्डमा गएराति भएको रोमाञ्चक प्रतिस्पर्धामा साविक विजेता मड्रिडले २–० गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको हो । मड्रिडको जितमा भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान २ तथा र एडर मिलिसाओले एक गोल गरे । लिभरपुलका डार्बिन नुनेज र मोहम्मद सलाहले एक–एक गोल गरे ।

उत्कृष्ट सुरूवात गरेको घरेलु टोलीले १४ मिनेटभित्र २ गोलको अग्रता लिएको थियो । चौथो मिनेटमा सलाहको सहयोगमा डार्बिन नुनियाजले गोल गरेका थिए । १४औँ मिनेटमा सलाह आफैँले टिमका लागि दोस्रो गोल थपे । योसँगै उनी युरोपियन प्रतिस्पर्धामा लिभरपुलका लागि सर्वाधिक गोलकर्ता बने । उनले अहिलेसम्म ४२ गोल गरिसकेका छन् । यसअघि स्टेभन जेरार्डले ४१ गोल गरेका थिए ।

२–० ले पछि परेको मड्रिडले खेलमा फर्कन समयनै लगाएन । २१औँ मिनेटमा भिनिसियस जुनियरले लिभुरपुलसँगको दुरी घटाए । उनले कप्तान करिम बेन्जेमाको पासमा पेनाल्टी बक्सभित्रबाट दर्शनीय गोल गरे ।

३६औँ मिनेटमा भिनिसियले लिभरपुलका गोलरक्षक एलिसन बेकरको गल्तीको फाइदा उठाउँदै व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए । जोसेफ गोमेजको पासलाई एलिसनले गरेको क्लियरेन्स भिनिसियसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

४७औँ मिनेटमा एडर मिलिसाओले गोल गरेपछि मड्रिड खेलमा पहिलो पटक अघि रह्यो । ५५ र ६७औँ मिनेटमा करिम बेन्जेमाले गोल गरेसँगै लिभपुल मड्रिडसँग ५–२ गोलले स्तब्ध भयो । बेन्जेमा लगातार १९औँ क्यालेन्डर वर्षमा च्याम्पियन लिगमा गोल गर्ने पहिलो खेलाडी बने ।

यो जितसँगै मड्रिडको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा मार्च १५ मा हुने खेलमा यही नतिजा कायम राख्न सके मड्रिड क्वाटरफाइनलमा पुग्ने छ । लिभरपुललाई अघिल्लो चरणमा पुग्न जितको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com