ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओसासुनालाई हराउँदै मड्रिडले बार्सिलोनासँगको दुरी घटायो


एबीसी / संवाददाता
फाल्गुन ७, २०७९ आईतबार  ९ : ३४ बजे

एजेन्सी, ७ फागुन । रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि होडमा कायम रहन शनिबार ओसासुनालाई २–० ले हराएको छ । यस जितपछि मड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी पनि पाँच अंकमा छोट्याएको छ ।

पहिलो हाफ गोेलरहित बराबरीमा सकिएको खेलमा मड्रिडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । मड्रिडका लागि फेडरिक भाल्भर्डे र मार्को एसेन्सियोले गोल गरे ।

मुख्य फरवार्ड करिम बेन्जेमा र मिडफिल्डर टोनी क्रुस बिना नै मैदान उत्रिएको मड्रिडले गोलका लागि दास्रो हाफ कुर्नु परेको थियो । प्रतिस्पर्धात्मक खेलको ७८औँ मिनेटमा भाल्भेर्डेले गोल गर्दै मड्रिडलाई १–० अग्रता दिलाए । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए ।

८९औँ मिनेटमा भिनिसियसले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । त्यसपछि इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी मार्को एसेन्सियोले गोल गर्दै मड्रिडको जित पक्का गराए ।

यस जितसँगै दोस्रो स्थानमा रहेको मड्रिडको २२ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक छ । पराजित ओसासुना ३० अंक जोडेर १०औँ स्थानमा छ ।

शनिबारनै भएको अन्य खेलमा रियल बेटिसले रियल भालाडोलिडलाई २–१ र मार्लोकाले भिल्लारियललाई ४–२ ले हरायो । यस्तै, रियल सोसिडाड र सेल्टा भिगोले १–१ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मुस्ताङबाट झण्डै छ सय कार्टुन भेप बरामद

ट्रम्पको चीन नीतिमा देखिएको व्यावहारिकता स्वागतयोग्य :फरिद जकारिया

सम्बन्धित

विश्वकप क्रिकेट लिग २ मा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो३

विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै

आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जावको लगातार पाँचौँ हार

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com