ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा उमेद्वारीमा मुसलमान समुदायको उपस्थिती शुन्य,


admin
माघ १२, २०७४ शुक्रबार  ६ : ३९ बजे

काठमाडौँ, १२ माघ। नेकपा (एमाले), नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र) सम्बद्ध मुसलमान भ्रातृ संगठनले राष्ट्रियसभामा मुसलमान समुदायको प्रतिनिधित्व शून्य गर्ने गरी थ्रेसहोल्ड ल्याइएको जनाउँदै त्यसको खारेजीको माग गरेका छन् ।

शुक्रबार आयोजित पत्रकारमा सम्मेलनमा उनीहरुले ठूला राजनीतिक दलबाट राष्ट्रियसभामा मुस्लिम समुदायको प्रतिनिधित्व शून्य बनाइएको भन्दै त्यसमा पुनःविचार नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

थ्रेस होल्डका कारण गत निर्वाचनमा मुसलमान समुदायका प्रतिनिधि निर्वाचित हुन नसकेको र राष्ट्रियसभामा पनि कुनै पनि राजनीतिक दलले मुस्लिम समुदायका प्रतिनिधिलाई उम्मेदवार नउठाएका कारण उनीहरुको प्रतिनिधित्व राष्ट्रियसभामा शून्य हुने अवस्था आएको छ ।

एमालेका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद फारुकीले देशको कूल जनसंख्याको ११ प्रतिशत जनसंख्या रहेको मुसलमान समुदायको प्रतिनिधित्वविना राष्ट्रियसभाको कल्पना गर्न सकिँदैन भन्दै यसमा ठूला तीन राजनीतिक दलले पुनःविचार गर्नुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा मुस्लिम मुक्ति मोर्चा नेपालका अध्यक्ष अतहर हुसेन फारुकीले संविधानले व्यवस्था गरेको अधिकारलाई राजनीतिक दलले कुल्चने काम गरेको आरोप लगाउनुभयो । मोर्चाका वरिष्ठ उपाध्यक्ष ताज महम्मद मियाले राष्ट्रियसभामा मुसलमानको प्रतिनिधित्व नगरिएमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

नेपाली काँग्रेसको भ्रातृ संगठन मुस्लिम संघ नेपालका वरिष्ठ उपाध्यक्ष मोहमद निजामुद्दीनले विगतका हरेक आन्दोलनमा मुस्लिम समुदायको देन भए पनि राष्ट्रियसभाजस्तो गरिमामय स्थानमा उपस्थिति शून्य पार्नु काँग्रेससहित ठूला राजनीतिक दलको गैरजिम्मेवारपन भएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेले फेरि खेल्यो ‘पपुलिस्ट कार्ड’ : २० लाख निर्व्याजी, २५ हजार मिनाहा, न्यूनतम ज्याला २५ हजार’ (पूर्णपाठ)

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिंदैछ– अध्यक्ष ओली

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com