ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इयुको सहयोग प्राथमिकता नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा


एबीसी / संवाददाता
माघ २६, २०७९ बिहीबार   ७ : ०४   बजे

काठमाडौँ, २६ माघ । युरोपेली संघ (इयु) ले नेपाललाई प्रदान गर्ने सहयोगका विविध क्षेत्रमध्ये नवीकरणीय ऊर्जा, ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा पहुँचको विषयलाई प्राथमिकतामा राखेको छ ।

नेपालको एक दिने औपचारिक भ्रमणका क्रममा बुधबार यहाँ आइपुग्की अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघका आयुक्त युटा उर्पिलाइनेनले भेटवार्तामा नवीकरणीय ऊर्जाका साथै पानी र सरसफाइ तथा मानव पुँजी विकासलगायतका क्षेत्र प्राथमिकतामा रहेको सम्बन्धमा छलफल गरेकी थिइन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्ता गरेकी थिइन् । सो अवसरमा नेपाल–इयु सहकार्यका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले उनको सम्मानमा दिवाभोजको आयोजना गरेकी थिइन् । कुराकानीका क्रममा परराष्ट्रमन्त्रीले युरोपेली संघ नेपालको विकास सहायताको प्रमुख साझेदार भएको उल्लेख गर्दै ग्रामीण विकास, नवीकरणीय ऊर्जा, खानेपानी, वन र कृषिलगायतका क्षेत्रमा इयुले गर्दै आएको सहयोगको प्रशंसा गरेकी थिइन् ।

आयुक्त उर्पिलाइनेनले इयुले नेपाललाई प्रदान गर्ने नयाँ चरणको बहुवार्षिक सूचक कार्यक्रम (२०२१–२०२७) अन्तर्गत नवीकरणीय ऊर्जा, ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा पहुँच, पानी र सरसफाइका साथै मानव पुँजी विकासलगायत प्राथमिकताका क्षेत्रबारे छलफल गरेकी थिइन् ।

युरोपेली संघले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिंक बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ । इयुले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकांक र सुशासन प्रवर्द्धनमा सहयोगको विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।

भ्रमणकमा क्रममा आयुक्त उर्पिलाइनेनले पाँच करोड युरो सहयोगको शुभारम्भ गरेकी छन् । यसले बालबालिकाको शिक्षामा पहुँच बढाउन र युगअनुसार नेपालमा शिक्षाको गुणस्तर बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group