ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टर्की भूकम्पले भत्किएको भवनमा पुरिएका फुटबलर जीवितै फेला


एबीसी / संवाददाता
माघ २४, २०७९ मंगलबार   ९ : २२   बजे

काठमाडौँ, २४ माघ । टर्की भूकम्पले भत्किएको भवनको भग्नावशेषमा पुरिएका चर्चित फुटबल स्टार क्रिश्चियन अत्सु जीवित भेटिएका छन् । बेलायती अनलाइन डेली मेलका अनुसार अत्सु जीवितै फेला परेका हुन् ।

अहिले उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ । इंग्लिस क्लब चेल्सी र न्युक्यासलका पूर्वस्टार अत्सु भूकम्पले पूरै ध्वस्त भएको ठुलो भवनमुनि फसेका थिए । अहिलेसम्म उक्त भूकम्पका कारण ३ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

३१ वर्षीय उनी यसअघि सन् २०१३ मा इंग्लिस क्लब चेल्सीमा पनि आबद्ध भएका थिए । तर, उनले चेल्सीबाट खेल्न पाएनन् । उनलाई क्लबले ऋणमा इंग्लिस क्लबहरू एभर्टन र न्युक्यासलमा पठाएको थियो ।

उनले न्युक्यासलमा रहँदा १०७ खेल खेल्दै ८ गोल गरेका थिए । त्यसपछि उनी सन् २०२१ मा साउदी अरेबियाको अल रायद क्लबमा आबद्ध भएका थिए ।

त्यसपछि अघिल्लो सिजन उनी साउदीबाट टर्की पुगेका थिए । आत्सुले यही आइतबार मात्रै हातायोस्परबाट टर्किस लिग खेलेका थिए । उक्त खेलमा उनले खेलको अतिरिक्त समयको सातौँ मिनेटमा गोल गर्दै टिमलाई जिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए, ब्ल्याकलिस्टका कारण विदेश यात्रा रोकियो

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

बङ्गलादेशलाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

विश्वकपअघि इरानी टोलीले पायो अमेरिका प्रवेश भिसा

विश्वकपको तयारीमा रहेको स्पेनमा फुटबलको उत्साह चुलियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group