ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यती जहाज दुर्घटना : ककपिट भ्वाइस रेकर्डरले दियो इन्जिनमा समस्याको संकेत


एबीसी न्यूज

काठमाडौँ, २३  माघ । यति एयरलाइन्सको एन–एएनसी एटीआर७२ जहाज इन्जिनमै समस्याको कारण दुर्घटना भएको हुनसक्ने देखिएको आयोगले प्रारम्भिक जानकारी दिएको हो।

आयोगका अनुसार इन्जिनमा पावर आइडल (काम नगर्दा) हुँदा दुर्घटना भएको देखिएको छ। ‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्याइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिन्छ’, जाँच आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

एक पाइलटका अनुसार इन्जिनका प्रोपेलरहरु फेदर भनेको इन्जिनमा पावर नहुनु हो। ‘इन्जिन बिग्रिएको हो वा होइन यसै भन्न सकिँदैन’, ती पाइलटले भने, ‘पाइलटले पावर नदिएको हो वा बिग्रिएर समस्या हो थप अध्ययनपछि थाहा हुन्छ।’

फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरबारे अध्ययन गर्न नेपाल सरकारबाट गठन भएको दुर्घटना जाँच आयोगका संयोजक, हवाइ विज्ञ र सदस्य सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा पुगेका थिए।

आयोगको नेतृत्वमा टीएसआईबी सिंगापुर, बीइए फ्रान्स, टीएबी क्यानेडा, ईएएसए प्रतिनिधिहरुले प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरेका थिए। सो क्रममा फ्लाइट डाटा रेकर्डर र भ्वाइस डाटा रेकर्डरको डाटाहरुको विश्लेषण गरिएको थियो।

दुर्घटनालगत्तै सरकारका पूर्वसचिव नगेन्द्र प्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो। आयोगमा सेनाका इ. उपरथी दीपक बाँस्तोला, वरिष्ठ क्याप्टेन सुनिल प्रधान र वरिष्ठ इन्जिनियर एकराज जंग थापा सदस्य तथा उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव रहेका थिए।

उक्त दुर्घटनामा जहाजमा ७२ जना सवार थिए। त्यसमध्ये ७० जनाको शव भेटिए पनि २ जनाको अझै भेटिएको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com