ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति मिसनबाट फिर्ता सवारी साधन दर्ता गर्न सेनाद्वारा माग


एबीसी / संवाददाता

काठमाडौँ, २३ माघ । नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति मिसन र चीन सरकारबाट प्राप्त सवारी साधन दर्ताका लागि माग गरेको छ ।

विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यदेश पूरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न समयमा चीन सरकारबाट उपहार स्वरुप सहयोग प्राप्त सवारी साधन दर्तामा सहयोग पुर्‍याउन सेनाले माग गरेको हो ।

शान्ति मिसनबाट फिर्ता र चीनबाट प्राप्त सवरी साधनको दर्ताका अध्ययन गर्न रक्षा मन्त्रालयले अध्ययन समिति बनाएकामा प्रतिवेदन समेत प्राप्त भइसकेको मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा वैठकमा जानकारी दिइयो ।

चीनबाट प्राप्त सवारी साधन दर्ताका सम्बन्धमा सवारी प्रदूषण मापदण्ड संशोधनका लागि वन तथा वातावरण मन्त्रालयसँग अनुरोध गरिएपनि हालसम्म कुनै प्रगति भएको छैन । सेनामा रहेका २०५ थान सवारी साधनको दर्ता र समुचित प्रयोगका लागि रक्षा मन्त्रालयले निकासका विभिन्न उपायको खोजि गरिरहेको छ । हालसम्म ती सवारी साधन दर्ता नहुँदा समयमा त्यसको प्रयोग हुन नसकि थन्किएर बसेको अवस्था छ ।

हालै सम्पन्न समीक्षा बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले भने, “युएनबाट फिर्ता भएका र चीन सरकारबाट विभिन्न अवसरमा प्राप्त गाडी दर्तासम्बन्धी समस्या छ, त्यो हुन नपर्ने हो । हाम्रो कानून पनि त्यस्तै छ ।”

सेनाले खरिद गरेको नभई चीनले सेनालाई सहयोगस्वरुप दिएका सवारी साधन दर्ताका सम्बन्धमा विभिन्न मापदण्ड आवश्यक नरहेको बताउदै उनले संसारभर प्रयोग भई वार्षिक २० करोड अमेरिकी डलर कमाएर युएनबाट फिर्ता आएका सवारी साधनको दर्ता र प्रयोगले यहाँको वातावरणलाई कुनै असर नपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com