ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदहमा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता हुने


Saru Bogatiko

माघ २०, रुपन्देही। देवदहमा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबार देवदहमा पत्रकार सम्मेलन गर्दै नेपाल निजामती कर्मचारी संगठन देवदह इकाई समितिले माघ २४ देखि २७ सम्म अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै इकाई समिति अध्यक्ष विष्णु प्रसाद बस्यालले विक्रम सम्बत २०७३ मा सुरू गरिएको कार्यक्रम विविध कारणले बिचका बर्षमा गर्न नसकिएको भए पनि दोस्रो संस्करणको रूपमा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए। खेलको माध्यमबाट स्थानीय ऎतिहासिक, पुरातात्विक र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने, अन्यपालिकासंग मैत्रीपुर्ण सम्बन्ध स्थापित गर्ने र कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्यको लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जानेको छ।

प्रतियोगितामा १६ टिम सहभागी हुने प्रतियोगिता देवदहको पानबारी खेलमैदानमा संचालन हुनेछ। प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार नगद, दोस्रो हुनेलाई ३१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। त्यसै गरि मेन अफ द म्याच हुनेले १ हजार नगद र मेन अफ द सिरिज हुने खेलाडी कर्मचारीलाई ३ हजार नगद पुरस्कार प्रदान गरिने छ।

९ लाख ३० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा देवदह नगरपालिका, प्रदेश खेलकुद परिषद र अन्य सहयोगदाताको आर्थिक सहयोग गर्ने आयोजकको जनाएको छ। प्रतियोगिताको संयोजक सुमन थापा रहेका छन् भने सह-संयोजकमा सुरज पोखरेली र सागर भट्टराई रहेका छन् ।

प्रतियोगिता आयोजक संस्था नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय पार्सद सदस्य राम प्रसाद शर्मा, जिल्ला सदस्य गंगा प्रसाद पन्थी, पेशागत महासंघ नेपाल देवदहका अध्यक्ष पर्शुराम ढकाल, संगठनका देवदह सल्लाकार मित्र बहादुर थापा लगायतको उपस्थितिमा सम्पन्न पत्रकार सम्मेलको संचालन राममणी अर्यालले गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com