काठमाडौं, २० माघ । नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पताल भर्ना भएका छन्।दुवै मिर्गौला फेल भएपछि हरेक मंगलबार र शुक्रबार डाइलसिस गराउँदै आएका कटवालको स्वास्थ्यमा थप समस्या देखिएपछि छाउनीस्थित सैनिक अस्पतालको आईसीयूमा राखिएको हो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पूर्व प्रधानसेनापति कटवाल गत मंगलबारदेखि आईसीयूमा रहेको पुष्टि गरे। प्रवक्ता भण्डारीले भने, ‘मिर्गौलामा समस्या देखिएपछि हप्ताको दुई दिन डाइलसिस गराउँदै आउनुभएको थियो। पल्मनेरी ह्यामरेज भएपछि आईसीयूमा राखिएको छ। गत मंगलबारदेखि उहाँ आईसीयूमा हुनुहुन्छ। अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनुभएको छ।’ कटवाल २०६३ भदौ २४ गतेदेखि नेपाली सेनाको प्रधानसेनापति भएका थिए।








प्रतिक्रिया दिनुहोस्