ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदह महोत्सवमा जेष्ठ नागरिकलाई ‘फ्री इन्ट्री’


एविसी संवाददाता

माघ २०, रुपन्देही । सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव -२०७९ अवलोकनको लागि तीन प्रकारका प्रवेश टिकटको व्यवस्था गरिने भएको छ । महोत्सव अवलोकनमा सबै वर्ग, क्षेत्र र समुदायको पहुँचको लागि मेला आयोजक संस्था उद्योग व्यापार संघले यस्तो व्यवस्था गरेको जनाएको छ।

मेला मूल आयोजक समिति संयोजक मेघराज ढकालका अनुसार सामान्य टिकट ७० कायम गरिएको छ भने विद्यार्थी सहुलियत टिकट ५० तोकिएको छ।  जसमा विद्यालयको अनुमतिमा समुहगत रूपमा मेला अवलोकन गर्न आउने विद्यार्थी र संस्थागत रूपमा मेला अवलोकन गर्न आउने आमा/महिला समूहलाई प्रतिव्यक्ति ३० रुपैयामा समुहगत टिकटको व्यवस्था गरिने संयोजक ढकालको भनाई छ। त्यसैगरि जेष्ठ नागरिक र विशिष्ट शारीरिक क्षमता भएका व्यक्तिलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईने समेत आयोजकले जनाएको छ।

मेला स्थल देवदह मण्डपमा शुक्रबार संचारकर्मीसंग कुरा गर्दै महोत्सव सचिवालय संयोजक थानेश्वर लम्सालले सबैखाले सामाजिक दायित्वलाई मनन गर्दै आफूहरू व्यापारमैत्री नभएर दर्शकमैत्री भएको तर्क गरे। “महोत्सव अवलोकन गर्नका लागि आयोजना गरिएको हो” उनले भने “सबै क्षेत्र, वर्ग र समुदायले सहज र सहुलियत रूपमा महोत्सव अवलोकन गर्न र देवदहको गौरवको रूपमा आयोजित मेलालाई अन्य स्थानका महोत्सव भन्दा फरक र अवलोकनमैत्री बनाउने कुरामा हामीले कुनै कसर बाँकी राखेका छैनौं।”

माघ २६ देखि फाल्गुन १० गतेसम्म संचालन हुने देवदह महोत्सवलाई राज्यका महत्वपुर्ण निकायमा रहेका विशिष्ट पदाधिकारीले समेत विशेष चासोको रूपमा हेरेका छन्।  बिहिबार मात्रै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगर मेला सचिवालयमै पुगेर तयारीबारे चासो राखेका थिए भने देवदह नगर प्रमुख धुर्व प्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगायतले समेत मेलालाई भव्य र व्यवस्थित बनाउन सुझाव सल्लाह दिंदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको उद्योग व्यापार संघ देवदहका संस्थापक अध्यक्ष गोविन्द ठटराईले बताए।

दुई हप्तासम्म संचालन हुने महोत्सवमा र्याली कार्यक्रम, विज्ञान प्रदर्शनी, विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, सवल अर्थतन्त्रको आधार – स्वदेशी लगानी तथा युवा रोजगार विषयमा वक्तृत्वकला कार्यक्रम, सिङ्गिङ्ग र  डान्सिंग आइडल, छात्रा भलिवल प्रतियोगिता तथा दैनिक रूपमा गोष्ठी-सेमिनारसंगै राष्ट्रिय र स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ।

१५० स्टल रहने मेलामा हालसम्म ८० प्रतिशत स्टल बुक भैसकेको तथा मेलामा देवदह क्षेत्रबासीलाई स्टल बूकिंगमा विशेष छुट उपलब्ध गराईएको साथै  स्थानिय कृषि प्रदर्शनीलाई निशुल्क स्टल उपलब्ध गराईने स्टल दर्ता उपसमिति संयोजक अमृत बहादुर फुल्लेलले जानकारी दिएका छन्।

२०६८ सालमा बुटवल र भैरहवा बाहिर रुपन्देही जिल्लामै पहिलो पटक महोत्सव आयोजना गरिएको देवदह व्यापार मेलाको यो सातौं संस्करण हो।  मेला सहआयोजक देवदह नगरपालिका, उद्योग व्यापार संघ, लुम्बिनी प्रदेश र नेपाल उद्योग व्यापार महासंघ  रहेका छन् भने सहयोगी संथाको रूपमा देवदह व्यापार संघ  देवदह र उद्योग वाणिज्य संघ देवदह रहेका छन्। देवदहमा क्रियाशील तीन वटा व्यवसायिक संघ संस्थाले प्रत्येक वर्ष आलोपालो मेला गर्दै आएका छन्।  जसको सुरुवात २०६८ सालमा उद्योग व्यापार संघ देवदहले गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो

सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा २ लाख ३० हजार नाघ्यो

जेनजी आन्दोलन :बीमा दाबी २३ अर्ब ३९ करोड

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com