ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नैतिक राजनीति’ गर्ने भन्दै दल खोलेका लामिछानेले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेर आफ्नो भेद खोले (भिडियो)


एबीसी न्यूज
माघ २०, २०७९ शुक्रबार  १० : १२ बजे

काठमाडौं, २० माघ ।  मंसिर ४ को चुनावका क्रममा र त्यसपछि नेपालमा घण्टीको ब्यापक चर्चा भयो । रवि लामिछानेले प्रयोग गरेको चुनाव चिन्ह भएका कारण देशभर घण्टीको चर्चामात्र होइन लहर नै देखियो । चुनावका क्रममा यस्तो बनाइएको थियो कि मानौं रविलाई कसैले नेपाल र नेपालीको कायापलट गर्न आदेश दिएर नेपाल पठाइएको हो । अनि रवि एकैचोटि धुरीमा चढे । संसारमा रहने कुनै पनि जीवजन्तु वा मानव जाति धुरीभन्दा माथि जान उड्नुपर्छ । तर, रवि उड्न सक्ने अवस्थामा थिएनन् ।

किनकि उनी हिँडेको गन्तव्य कानूनसम्मत थिएन । मूलधारका स्थापित राजनीतिक दललाई भ्रष्ट र अनैतिक तथा नेताहरूलाई पदलोभको आरोप लगाउँदै ‘नैतिक राजनीति’ गर्ने भन्दै दल खोलेका लामिछानेले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेर आफ्नो भेद खोलेका छन् । कीर्ते नागरिकता देखाएर राजनीतिक दल गठन गरेका रविले त्यही नागरिकताको भरमा चुनाव लडे, जितेर आए अनि अस्वाभाविक रूपमा एकैपटक उपप्रधानसहित गृह मन्त्रालय पाए । नागरिकताको विषय अदालतमा विचाराधीन रहेको र पासपोर्ट दुरुपयोगको आरोप लागेका लामिछानेलाई गृह प्रशासनको साँचो सुम्पिँदा नै यसको विरोध भएको थियो । सत्ता स्वार्थका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने राजनीतिक दलले रविलाई गृहको साँचो सुम्पेर बिरालोलाई दूधको साक्षी बनाए । संवैधानिक इजलासले लामिछानेले प्रयोग गरेको नागरिकतालाई अवैध भनिदियो । सर्वोच्चको एक आदेशले उनको सांसद, मन्त्री र पार्टी सभापतिको पद एकै झड्कामा गयो । माघ १३ गते शुक्रवार सर्वोच्चको आदेशपछि आफूलाई ‘अनागरिक’ भएको गुनासो गर्दै लामिछाने निन्याउरो मुख लगाउँदै सिंहदरबारबाट लुरुलुरु बाहिरिए ।

सर्वोच्चको आदेशलाई स्वागत गर्ने बताएका रविले उपनिर्वाचनको तयारी गर्लान् भन्ने धेरैको विश्वास थियो । सर्वोच्चकोे आदेशले पदच्युत भएका लामिछानेलाई ३ दिनमै गृहमा फर्किने महत्त्वाकांक्षा पलायो, आफैंलाई पुनः गृहको चाबी दिनुपर्ने हठ राखेका छन् । नेपालको विकृत राज्यसंयन्त्र, जन विरोधी शासन शैली र भ्रष्टाचारले आक्रान्त पारिरहेको बेला देशमा निराशा छाएको थियो र त्यो निराशाको तह अझै बढ्दै छ । यस्तो खालको धमिलो राजनीतिक वातावरणमा उत्रेर माछा मार्ने रबिको मनसुवाले यहाँनेर काम गर्न सकेन । उनलाई पर्दापछाडि बसेर मद्धत गर्ने शक्ति केन्द्रले नेपालको परिपक्क बन्दै गएको नागरिक समाजलाई बुझ्नै सकेनन् । उनको उदय र पतन नेपाली राज्य व्यवस्थाकै नालायकीको सुन्दर उदाहरण हो । संसदीय प्रणालीले कसैलाई शिखरमा चढ्न र ह्वात्तै झार्नका लागि सजिलै योगदान गर्न सक्छ । यस्तो संसदीय प्रणालीले गर्न नसक्ने भनेकै आम जनताको जीवनस्तरमा सुधार मात्रै हो । अरु सबै खालको अपराध र बेइमानी गर्न र गराउन सक्षम व्यवस्था नै संसदीय प्रणाली हो ।

रवि लामिछानेले सर्वोच्च अदालतको पूर्णपाठ पर्खने धैर्यता पनि उनले गरेका छ्रैनन् । झूटा नागरिकता पेश गरेर जितेको सांसद पद खारेज भइसक्दा पनि उनले आफूलाई लज्जाबोध गरेनन् । बरु सत्ता साझेदार दलका नेतामार्फत प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरेर तत्कालै सत्तामा पुग्ने सपना देख्न थालेका छन् । आइतवार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्ति गरेसँगै उनमा गृह मन्त्रालयमा फर्कने महत्त्वाकांक्षा पलायो, उनले एकैदिन पार्टीका ३ बैठक राखेर नाटकीय ढंगले आफूलाई पार्टी सभापति बनाए । त्यसैको आडमा गृह मन्त्रालयमा आफूलाई पुनर्बहाली नगरे पार्टी सरकारबाट बाहिरिने घुर्की प्रधानमन्त्री प्रचण्डलाई दिएका छन् । रवि टेलिभिजनबाट जुन प्रवृत्तिको विरोध गरेर रवि राजनीतिमा स्थापित भए, उनका क्रियाकलाप त्यही पुरानो कुराको पुनरावृत्ति गरिरहेका छन् । नैतिकताको पाठ सिकाउने उनले आफ्नै बोली बिर्सिएका छन् । उनी पत्रकारिता कर्ममा छँदा उपप्रधानमन्त्रीको भीड बनाइएकोमा विरोध गर्दथे । गैरसांसदलाई मन्त्री बनाइएकोमा उनको आक्रोश हुन्थ्यो ।

अक्टोबर ८, २०२१ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा गजेन्द्र हमाल मन्त्री बनेको दिन रविले ट्वीटरमा लेखेको सन्देश अहिले सामाजिक सञ्जालमा छ्यापट्यापती छ । उनले लेखेका छन्, ‘गैरसांसद मन्त्री भै छाडे । विधि पद्धति, आदेश परमादेश फ्लोर क्रस र यो लिमिट क्रस, उफ् !’ रविको आजको हैसियत गजेन्द्र हमालको जस्तै हो तर उनी गृहमन्त्रीका लागि मरिहत्ते गरिरहेका छन् । आफूलाई गृहमन्त्रीको शपथ नगराए सरकारबाट बाहिरिने भनेर मोलमोलाइ गरिरहेका छन् । उनले भन्ने गरेको विधि र पद्धतिको कुरा आफ्नो हकमा भने लागू हुनुनपर्ने परिभाषा बनाउँदै छन् । लामिछानेका प्रत्येक क्रियाकलाप चुनावअघि आफैंले गरेका प्रतिबद्धताको विपरीत छन् । ‘रवि लामिछाने प्रालि’ जस्तै बन्न पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘हामी के गर्दैनौं’ शीर्षकमा लेखेको प्रतिबद्धता पत्रमा चुनाव हारेको व्यक्तिलाई चोर बाटोबाट सरकारमा नलैजाने उल्लेख थियो ।

लाज पचाएर आज उनी आफैं त्यहीँ चोर बाटोबाट गृहमन्त्री बन्नका लागि कहिले बालकोट र कहिले बालुवाटारको परिक्रमा गरिरहेका छन् । रवि नेपाली राजनीतिको अपवाद बन्छन् र परम्परागत राजनीतिक दलले गरेका गल्ती दोहो¥याउँदैनन् भन्नेमा धेरैलाई आशा थियो । तर उनले सत्तारोहणको पहिलो महिनामै आफ्नो चरित्र उजागर गरेका छन् । परम्परागत दलभन्दा रवि फरक हुन्, उनले राजनीतिक चरित्र देखाउँछन् भनेर प्रतिरक्षा गर्नेहरू अहिले दुलो पस्नुपर्ने अवस्था आएको छ । सञ्चारकर्म छाडेर राजनीतिमा आउनुअघि लामिछाने नेपाली नेताहरूलाई उग्र रुपमै नैतिकताको पाठ सिकाउने गर्थे । तर आफैँ अहिले नेता बनेपछि उनले नैतिकताका सबै सीमा रेखा तोडेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

बत्ती दोलखामा, स्विच भारतमा

सम्बन्धित

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

बत्ती दोलखामा, स्विच भारतमा

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

आजको मौसमः कहाँ–कहाँ पर्छ पानी ?

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com