ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दबाबै दबाबमा प्रधानमन्त्री प्रचण्ड (भिडियो)


एबीसी न्यूज

काठमाडौं, २० माघ । नयाँ सरकारको १ महिना वितिसक्दा तेस्रोपटक प्रधामन्त्रीमा चुनिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबै दबाबमा परेका छन् । पछिल्लो राजनितिक घटनाक्रमले प्रधानमन्त्री प्रचण्डलाई दबाबमा पारेको छ । नेपाली कांग्रेससँगको गठबन्धन टुटाएर नेकपा एमालेसहितका नयाँ दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड सत्ता गठबन्धन, प्रतिपक्षी दलहरुसहित पार्टीभित्रकै आन्तरिक नेताहरुका दबाबमा परेका छन् । नयाँ सरकारको १ महिना वितिसक्दा तेस्रोपटक प्रधामन्त्रीमा चुनिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबबै दबाबमा परेका छन् ।

पछिल्लो राजनितिक घटनाक्रमले प्रधानमन्त्री प्रचण्डलाई दबाबमा पारको हो । नेपाली कांग्रेससँगको गठबन्धन टुटाएर नेकपा एमालेसहितका नयाँ दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड सत्ता गठबन्धन, प्रतिपक्षी दलहरुसहित पार्टीभित्रकै आन्तरिक नेताहरुका दबाबमा परेका हुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वासको मत दिएकोमा उनलाई राष्ट्रपतिमा समर्थन गर्नुपर्ने दबाब छ । कांग्रेसले चाहेजस्तै राष्ट्रपतिमा राष्ट्रिय सहमतिको निर्णय गरेका प्रचण्डले सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नेकपा एमालेलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्नुपर्ने चुनौती छ ।

नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डलाई नेकपा एमालेसँगको गठबन्धन कायम राख्नुपर्ने दबाव छ । एमालेले राष्ट्रपति आफ्नै पार्टीले पाउनुपर्ने भन्दै दिएको दबाब र कांग्रेसले राष्ट्रपतिमा चल्न खोजिरहेको राजनीतिक चालका कारण प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिइरहेका छन् । नेपाली कांग्रेसले सोहीअनुसार राष्ट्रपति निर्वाचनको तयारीलाई अगाडी सारेको जानकारी दिएका छन् । यो समय राजनितिक हिसावले प्रधानमन्त्री प्रचण्डका लागि अग्नि परीक्षा सरह हुने देखिएको छ । राजनीतिक दलका नेतामा सहमति हुन नसके दल बाहिरको व्यक्तिलाई उम्मेदवार बनाएर भए पनि राष्ट्रिय सहमति गर्नुपर्ने दबाबमा प्रचण्ड रहेका छन् । गोर्खा निर्वाचनमा सहयोग गरेको हिसाबले डा. बाबुराम भट्टराईलाई पनि राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडी सार्नुपर्ने चुनौती छ । तर प्रधानमन्त्री प्रचण्डले एमालेसँग भएको सहमति तोड्न नहुने बामपन्थी विश्लेषकहरुको सुझाव छ । यता गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने कि नदिने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच विवाद बढेको छ ।

प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्ने खोजे पनि नेकपा एमालेले रास्वपालाई नै दिन दबाव दिंदै आएको छ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका थिए । यतिमात्र नभएर गृहमन्त्रीको विषयमा नेकपा माओवादी केन्द्रभीत्रै प्रधामन्त्री प्रचण्डलाई दबाब छ । माओवादी केन्द्रका नेताहरुले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताउँदै गृहमन्त्री आफ्नै पार्टीका भागमा हुनुपर्ने अडानसहित प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेका छन् । उनीहरुले गृहमन्त्री बनाउँदा विकल्प खोज्नुपर्ने अवस्था आएको पनि बताउँदै आएका छन् । यता गृहमन्त्रालयबाट बाहिरीएका व्यक्तिले सोही मन्त्रालयमा दाबी गर्नुमा आशंका सुरु भएको छ ।

नागरिकता विषयमा विवादित रबीले केही समय गैर सांसद भएर बस्नुपर्ने र मन्त्री हुन हतार गर्न नहुने विज्ञहरुको भनाइ छ । सर्वोच्च अदालतले गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमाएका थिए । त्यसपछि रविले प्रक्रिया पु¥याएर नागरिकता पनि लिइसकेका छन् । त्यसपछि उनले आफूलाई पुन गृहमन्त्री बनाउन दबाव दिइरहेका छन् । लामिछाने नेतृत्वका पार्टीले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहँदा प्रधानमन्त्री प्रचण्डलाई थप दबाब थपिएको छ । यस विषयमा प्रधानमन्त्री प्रचण्डले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल गरेका छन् । यही विषयमा प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग समेत छलफल गरिसकेका छन् । सरकार बनाउँदा रास्वपाले गृह मन्त्रालय पाएको सन्दर्भ र अहिलेको सन्दर्भ फेरिएको भन्दै गृहमन्त्री बनाउँदा कानुन र संविधानको भावनालाई पनि ख्याल गर्नुपर्ने उनीहरुको भनाइ छ । यसरी प्रधानमन्त्री प्रचण्ड सत्ताभित्र, बाहिर र पार्टीभित्रैबाट दबाबमा छन् । यसबाट उम्किन उनले समयमै दुर्दर्शी, सन्तुलित र सही निर्णय लिएर भविष्यमा आउन सक्ने राजनितिक संकटबाट बच्न आवश्यक छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com