ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र लिङ्देनसँगको वार्तापछि नारायणकाजी र देव गुरुङसँग सल्लाह गर्दै प्रचण्ड


एबीसी न्यूज

काठमाडौँ, १८ माघ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र ऊर्जामन्त्रीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगको वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक सल्लाहमा जुटेका छन्।गैरसांसदको हैसियतमा पुगिसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रालयमा दाबी गरिरहेपछि बुधबार बिहान लिङ्देन र ओलीसँग प्रधानमन्त्रीको वार्ता भएको थियो।

मंगलबार साँझ मात्रै रविसँग बालकोटमा वार्ता गरेका ओली बुधबार बिहानै बालुवाटार पुगेका थिए।त्यस्तै उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनले पनि प्रचण्डसँग बुधबार बिहान वार्ता गरेर बाहिरिएका थिए। यी दुई नेतासँगको वार्तापछि प्रचण्डले अहिले बालुवाटारमै उपप्रधानमन्त्रीसमेत रहेका पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गुरुङसँग सल्लाह गर्दैछन्। यसअघि सत्ता गठबन्धनका नेताहरुबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

नागरिकता प्रकरणमा सर्वोच्चको आदेशपछि सबै पद गुमाएका लामिछानेले फेरि आफूलाई गृहमन्त्री नै बनाउनुपर्ने अडान लिएका छन्। उनले पार्टीमा गृहमा अन्य सांसदको नाम पनि सिफारिस गरेका छैनन्। तर प्रचण्ड रविविरुद्ध राहदानीलगायत विवाद कायमै रहेकाले उनलाई दोहोर्‍याउने मनसायमा छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः आफूलाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ। राष्ट्रपति पदमा पनि कुरा मिलेको छैन। पुस १० मा राष्ट्रपति पद एमालेले पाउने सहमति भएको थियो। तर पुस २६ मा कांग्रेसको समेत विश्वासको मत पाएपछि प्रचण्ड राष्ट्रिय सहमतिको पक्षमा उभिएका छन्।

उनले कांग्रेससमेतको सहमतिमा सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताइरहेका छन्। तर ओलीले मंगलबार मात्रै रविसँगको भेटमा विगतमा जे समझदारी भएको हो त्यो कार्यान्वय गरेर जानुर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com