ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्वीटरमा निलो टिको हुनेले १ घण्टाको भिडियो अपलोड गर्नसक्ने


abc tv
माघ १७, २०७९ मंगलबार  ९ : १२ बजे

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरमा निलो टिको हुने प्रयोगकर्ताहरुले १ घण्टासम्मको भिडियो अपलोड गर्नसक्ने भएका छन् ।

अबदेखि अधिकतम ६० मिनेटसम्मको, १०८० पिक्सेल रिजोलुसन र २ गिगाबाइट आकारसम्मको भिडियो ट्वीटरमा अपलोड गर्न सक्ने भएका हुन् । ट्वीटर ब्लू पेजमा उल्लेख भए अनुसार यो सुविधा ट्वीटरको वेब भर्सनमा उपलब्ध हुनेछ ।

यसअघि ट्वीटर ब्लू सब्सक्राइबरहरुलाई १० मिनेटसम्म लामो, १०८० पिक्सेल र ५१२ मेगाबाइट सम्मको भिडियो अपलोड गर्नसक्ने सुविधा थियो । अहिले ट्वीटरको वेब भर्सनमा १ घण्टासम्मको भिडियो अपलोड गर्न सकिने सुविधा सुरु भए पनि एन्ड्रोइड र आइओएस प्लाटफर्ममा ट्वीटर ब्लू चलाउनुहुन्छ भने १० मिनेटको पावन्दी नै लागू हुनेछ ।

ट्वीटरको प्लाटफर्ममा भिडियोको गुणस्तरलाई उच्च बनाउनका लागि अथक मेहेनत गरिरहेको पनि ट्वीटरले जनाएको छ ।

ट्वीटरले भनेको छ, ‘हाम्रो प्लाटफर्ममा अपलोड हुने सबै भिडियोमा सबैभन्दा उच्च भिडियो क्वालिटी कायम गर्ने प्रयास हामीले गर्दछौँ । तथापि तपाइँहरुको ओरिजिनल भिडियोलाई हामी तथा हाम्रो साझेदारद्वारा वितरण, प्रकाशन, प्रशारण गर्ने क्रममा विभिन्न मिडियामा मिल्ने गरी तथा दर्शकको इन्टरनेट कनेक्सनको गति तथा स्थिरताको आधारमा स्ट्रिमिङ हुनका लागि भिडियोको रिजोलुसन लगायतका कुरालाई परिवर्तन गर्ने तथा अनुकुलित गराउने गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com