ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

ABC NEWS
माघ १७, २०७९ मंगलबार  १० : ५३ बजे

काठमाडौं, १७ माघ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा रहेको सूचना वर्गिकरण समितिले संविधानले निर्दिष्ट गरेको सूचनाको हकलाई कुण्ठित गर्न खोजेको जनाइएको छ । बैरागी नेतृत्वको उक्त समितिले गत पुस १२ गते सरकार र पदाधिकारीको पारदर्शिता, अनियमितता र  सार्वजनिक गर्नुपर्ने खालका सूचनालाई पनि गोप्यअन्तर्गत वर्गीकरण गर्ने निर्णय गरेको थियो । सूचनाको हकसम्बन्धी ऐनले पाँच विषयलाई मात्रै अपवाद मानेर गोप्य राख्न सक्ने व्यवस्था गरेको छ । तर, पनि समितिले ती विषयलाई विस्तार गरेर ८७ प्रकारका नीतिगत विषयमा सार्वजनिक पहुँचलाई बन्देज लगाएको हो  । सार्वजनिक पदमा नियुक्त पदाधिकारीको सम्पत्ति विवरणदेखि राजस्व चुहावट, कर छली, शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन र सोेको अनुगमनसम्बन्धी सूचनासम्मलाई समितिले गोप्यअन्तर्गत वर्गीकरण गरेको थियो । जसप्रति सरोकारवाला र राजनीतिक वृत्तले नै आपत्ति जनाएका छन् ।

यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार सामाजिक सञ्जालमार्फत समितिले गरेका निर्णयका बारेमा विभिन्न निकायबाट चासो उठेको र यसबारे सरकारको ध्यानाकर्षण भएको जनाए । प्रधानमन्त्री प्रचण्डले आवश्यक छलफल पनि यसबारे निर्णय लिइने बताए । यस्तै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि ट्वीटरमार्फत संविधानले सूचनाको हक भनेको लोकतन्त्र, नागरिक सशक्तिकरण र सुशासनलाई सबल बनाउने महत्वपूर्ण हक भएको बताए । सरकारले यो सूचनाको हक र यस सम्बन्धि कानुनलाई कमजोर पार्ने ८७ वटा विषय गोप्य राख्ने गरेको निर्णयको खेद प्रकट गर्दै यो अविलम्ब फिर्ता लिनुपर्ने माग राखेका छन् । पारदर्शिता, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले पहल गर्नुपर्ने सरोकारवाला बताउँछन् ।

सूचनाको वर्गीकरण यसअघि पनि दुईपटक खारेज भएको थियो  । २०६७ सालमा तत्कालीन सरकारले एक सय ३४ प्रकारका सूचनालाई गोप्य राख्ने वर्गीकरण गरेको थियो । त्यस लगत्तै, २०६८ मा ८१ प्रकारका सूचनालाई गोप्यअन्तर्गत वर्गीकरण गरिएको थियो । तर, वर्गीकरणविरुद्ध रिट परेपछि यी दुवै निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । सामान्य अवस्थामा समेत गोप्य राखिने मामुली सूचनालाई वर्गीकरणले लुकाउन थप सहजता प्रदान गरेको छ । समितिले कारागारभित्र रहेका कैदी तथा कारागारको सुरक्षासम्बन्धी, निर्णय प्रक्रियामा रहेका र अन्तिम निर्णय भइनसकेका, संसद र संसदीय समितिमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका तर्फबाट प्रस्तुत गरिएका जवाफसँग सम्बन्धित विषय, कानुन तर्जुमाको प्रक्रियामा संकलित अभिलेखबद्ध जनधारणा र सुझावलगायतलाई गोप्यअन्तर्गत वर्गीकरण गरेको छ । राम्रो मात्रै गर्ने, नराम्रो गर्दै नगर्ने भन्ने अभियानकासाथ अघि बढेको सरकारले समितिको यो निर्णयप्रति गम्भिर बन्न आवश्यक छ ।

राष्ट्रिय सूचना आयोगले वर्गीकरणमा संलग्न नभएको जनाएको छ । यसकारण, यो वर्गीकरण मान्न आयोग बाध्य पनि देखिँदैन । आयोगको अधिकार र कामलाई यसले कुनै पनि असर गर्दैन । तर, सार्वजनिक निकाय र अधिकारीहरू वर्गीकरणलाई देखाएर सूचना दिनबाट पन्छिने जोखिम भने छ । सूचनाको वर्गीकरण आयोगमा पठाइएको छ भने, यसमाथि अध्ययन र सरोकारवालासँग छलफल गरेर अघि बढ्ने जनाइएको छ । यस सम्बन्धमा निवेदन प¥यो भने सर्वोच्चबाट पनि खारेज हुन सक्ने अवस्था समेत हुन सक्छ । यसलाई सूचनाको हक कुण्ठित नहुने ढङ्गबाट राज्य एवम् सम्बन्धित निकाय अघि बढ्नसक्नुपर्दछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा रहेको सूचना वर्गिकरण समितिले संविधानले निर्दिष्ट गरेको सूचनाको हकलाई कुण्ठित गर्न खोजेको जनाइएको छ । बैरागी नेतृत्वको उक्त समितिले गत पुस १२ गते सरकार र पदाधिकारीको पारदर्शिता, अनियमितता र सार्वजनिक गर्नुपर्ने खालका सूचनालाई पनि गोप्यअन्तर्गत वर्गीकरण गर्ने निर्णय गरेको थियो । सूचनाको हकसम्बन्धी ऐनले पाँच विषयलाई मात्रै अपवाद मानेर गोप्य राख्न सक्ने व्यवस्था गरेको छ । तर, पनि समितिले ती विषयलाई विस्तार गरेर ८७ प्रकारका नीतिगत विषयमा सार्वजनिक पहुँचलाई बन्देज लगाएको हो  । सार्वजनिक पदमा नियुक्त पदाधिकारीको सम्पत्ति विवरणदेखि राजस्व चुहावट, कर छली, शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन र सोेको अनुगमनसम्बन्धी सूचनासम्मलाई समितिले गोप्यअन्तर्गत वर्गीकरण गरेको थियो । जसप्रति सरोकारवाला र राजनीतिक वृत्तले नै आपत्ति जनाएका छन् ।

यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार सामाजिक सञ्जालमार्फत समितिले गरेका निर्णयका बारेमा विभिन्न निकायबाट चासो उठेको र यसबारे सरकारको ध्यानाकर्षण भएको जनाए । प्रधानमन्त्री प्रचण्डले आवश्यक छलफल पनि यसबारे निर्णय लिइने बताए । यस्तै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि ट्वीटरमार्फत संविधानले सूचनाको हक भनेको लोकतन्त्र, नागरिक सशक्तिकरण र सुशासनलाई सबल बनाउने महत्वपूर्ण हक भएको बताए । सरकारले यो सूचनाको हक र यस सम्बन्धि कानुनलाई कमजोर पार्ने ८७ वटा विषय गोप्य राख्ने गरेको निर्णयको खेद प्रकट गर्दै यो अविलम्ब फिर्ता लिनुपर्ने माग राखेका छन् । पारदर्शिता, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले पहल गर्नुपर्ने सरोकारवाला बताउँछन् ।

सूचनाको वर्गीकरण यसअघि पनि दुईपटक खारेज भएको थियो  । २०६७ सालमा तत्कालीन सरकारले एक सय ३४ प्रकारका सूचनालाई गोप्य राख्ने वर्गीकरण गरेको थियो । त्यस लगत्तै, २०६८ मा ८१ प्रकारका सूचनालाई गोप्यअन्तर्गत वर्गीकरण गरिएको थियो । तर, वर्गीकरणविरुद्ध रिट परेपछि यी दुवै निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । सामान्य अवस्थामा समेत गोप्य राखिने मामुली सूचनालाई वर्गीकरणले लुकाउन थप सहजता प्रदान गरेको छ । समितिले कारागारभित्र रहेका कैदी तथा कारागारको सुरक्षासम्बन्धी, निर्णय प्रक्रियामा रहेका र अन्तिम निर्णय भइनसकेका, संसद र संसदीय समितिमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका तर्फबाट प्रस्तुत गरिएका जवाफसँग सम्बन्धित विषय, कानुन तर्जुमाको प्रक्रियामा संकलित अभिलेखबद्ध जनधारणा र सुझावलगायतलाई गोप्यअन्तर्गत वर्गीकरण गरेको छ । राम्रो मात्रै गर्ने, नराम्रो गर्दै नगर्ने भन्ने अभियानकासाथ अघि बढेको सरकारले समितिको यो निर्णयप्रति गम्भिर बन्न आवश्यक छ ।

राष्ट्रिय सूचना आयोगले वर्गीकरणमा संलग्न नभएको जनाएको छ । यसकारण, यो वर्गीकरण मान्न आयोग बाध्य पनि देखिँदैन । आयोगको अधिकार र कामलाई यसले कुनै पनि असर गर्दैन । तर, सार्वजनिक निकाय र अधिकारीहरू वर्गीकरणलाई देखाएर सूचना दिनबाट पन्छिने जोखिम भने छ । सूचनाको वर्गीकरण आयोगमा पठाइएको छ भने, यसमाथि अध्ययन र सरोकारवालासँग छलफल गरेर अघि बढ्ने जनाइएको छ । यस सम्बन्धमा निवेदन प¥यो भने सर्वोच्चबाट पनि खारेज हुन सक्ने अवस्था समेत हुन सक्छ । यसलाई सूचनाको हक कुण्ठित नहुने ढङ्गबाट राज्य एवम् सम्बन्धित निकाय अघि बढ्नसक्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com