ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होला त राष्ट्रपतिमा राष्ट्रिय सहमति ? भिडियो


एबीसी न्यूज

काठमाडौं,१३ माघ । सरकारको मन्त्रिपण्डल विस्तार तथा प्रतिनिधिसभा संसदमा सभामुख उपसभामुखले पूर्णता पाएसँगै दलहरुबीच राष्ट्रपति पदको निर्वाचनको विषय प्राथमिकतामा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति एमालेलाई दिने सहमति भएपनि कांग्रेसले पनि विश्वासका मत दिएकोले उक्त पद एमालेले नै पाउनेमा शंका सुरु भएको छ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेसँगै एमाले कडा रुपमा प्रतिरोधमा उत्रिएका छन् भने प्रचण्ड कांग्रेसलाई पनि सन्तुलनमा राखेर पाँचै वर्ष प्रधानमन्त्री बन्ने दाउमा रहेको त होइन भन्ने प्रश्न उठेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि दलहरूको ध्यान राष्ट्रपति र उपराष्ट्रपनि निर्वाचनमा गएको छ । सत्ता साझेदार दल भित्र र सरकारलाई विश्वासको मत दिएको, तर आफूलाई प्रतिपक्षी दल भनेर दाबी गर्दै आएको नेपाली कांग्रेसकोसमेत राष्ट्रपतिमा दाबेदारी छ । निर्वाचनपछि राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीनवटै पदमा लोभ देखाउँदा सर्वोस्व गुमाएको प्रमुख विपक्षी दल कांग्रेसले राष्ट्रपतिमा दाबी गर्दै तयारीलाइै तिव्रता पारिरहेको छ । कांग्रेसले राष्ट्रपनि पाउने आशमा प्रधानमन्त्रीलाई विश्वासको मत समेत दिएको कांग्रेसका शीर्ष नेताहरुले बताउँदै आएका छन् । राष्ट्रपतिमा वर्तमान सत्ता साझेदारको मतभारले सत्ता साझेदारको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने निश्चित देखिन्छ । तर, पनि नेकपा एमाले प्रधानमन्त्री प्रचण्ड र कांग्रेको राष्ट्रिय सहमतिको सरकार बन्ने अभिव्यक्तिले राष्ट्रपति आफूले पाउनेमा शंका गरिरहेका छन् । प्रचण्ड प्रधानमन्त्री बनेको राजनीतिक समीकरणमा कांग्रेस नभएर राष्ट्रिय राजनीतिको मुख्य चासो एमालेमा केन्द्रीत हुनुपर्ने हो । राष्ट्रपतिको विषयमा प्रचण्ड ओलीसँग निरन्तर सम्वादमा छन्, तर सँगै राष्ट्रिय सहमति भने भन्न छोडेका छैनन् ।

यसबाहेक प्रधानमन्त्री प्रचण्डको सार्वजनिक टिप्पणीमा अलमल देखिनुले पनि भावी राष्ट्रपति कुन दलबाट हुन्दैछ भन्ने प्रष्ट हुन सकेको छैन । जबकी एमाले अध्यक्ष केपी शर्मा ओली भने भावी राष्ट्रपतिबारे मात्रै नभएर राजनीतिक कोर्समा पनि प्रष्ट सन्देश दिन खोजिरहेका छन् । ओलीले विश्वासको मतको बदला कांग्रेसले कुनैपनि पदमा भागबण्डा नपाउने संकेत दिएका थिए । यो समीकरण पाँच वर्षै टिक्ने निष्कर्षसहित ओली सरकारको बचाऊमा लगातार सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

संघीय सांसद र प्रदेशसभा सदस्यबाट गोप्य मतदान हुनेभएकाले पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउमा कांग्रेस छ । कांग्रेसले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम लिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुअघि देखि नै राष्ट्रपति राष्ट्रिय सहमतिमा हुनुपर्ने बताउँदै पौडेलले राष्ट्रपति पदमा दावी गर्दै आएका छन् ।

सार्वजनिक रुपमा राष्ट्रिय सहमति भनिरहेका प्रचण्डले ओलीसँगको भेटवार्तामा पनि सत्तारुढमा भएको सहमति नतोडिने एमालेले जनाएको छ । तर सार्वजनिक रुपमा एमाले उम्मेदवार राष्ट्रपति बन्ने भने उनले भन्न सकेका छैनन् । हुनपनि प्रधानमन्त्री प्रचण्डको बक्तव्य र गतिविधि प्रष्ट नहुँदा एमालेभित्र राष्ट्रपति पदका आकांक्षी नेताहरुबारे उति धेरै छलफल हुन सकिरहेको देखिदैन । कांग्रेसमा देखिएको यस्तो सत्ता मोहमाथि टेकेर प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री बन्ने चाहनामा देखिएको अनुमान गर्न सकिन्छ । जसरी पनि राष्ट्रपति लिने कांग्रेस नेतृत्वको चाहनाले प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्रीको अवसर बन्न अनुकुल समीकरण हुने आधार समेत तयार भएको देखिन्छ । ओलीबाट विगतमा पाएको धोकाका कारणले पनि प्रचण्ड राष्ट्रपतिको चुनाव अगाडि नै पाँचै वर्ष प्रधानमन्त्रीको सुनिश्चितता गर्न खोजिरहेका छन् । सभामुख र राष्ट्रपति समेत लिइसकेपछि ओलीले धोका दिए फेरि शक्तिहीन अवस्थामा पुगिने भयले पनि प्रचण्ड एमालेसँग थप सुनिश्चितता खोजिरहेका त होइनन् ?

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com