ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुस मागेको भिडियो भेटिएपछि सिडिओको सरुवा रद्द


एबीसी न्यूज
माघ १३, २०७९ शुक्रबार  ८ : ०० बजे

काठमाडौं, १३ माघ । गत साता गृह मन्त्रालयले ४६ जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सिडिओ०को सरुवा गर्‍यो । सरुवासम्बन्धी नयाँ कार्यविधि जारी गरेलगत्तै त्यसैबमोजिम गृहले सिडिओ हेरफेर गरेको थियो ।

कार्यविधिमा सिडिओको कार्यसम्पादन मूल्यांकन, छविलगायत पनि हेरिने उल्लेख थियो । तर, सरुवाको सूचीमा केही यस्ता व्यक्ति पनि थिए, जसमाथि भ्रष्टाचारको गम्भीर आरोप विचाराधीन थियो । गम्भीर उजुरी रहेको खुलेपछि गृह मन्त्रालयले ती सिडिओको सरुवा नै रद्द गरेको छ ।

घटना सिराहाका सिडिओ लालबाबु कवारीको हो । उनलाई सिराहाबाट गोरखाको सिडिओमा सरुवा गरिएको थियो । तर, रमाना लिन नपाउँदै गृह प्रशासनले बुधबार उनको सरुवा रद्द गरिदिएको छ । उनलाई हाल काजमा गृह मन्त्रालय तानिएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार करिब ५० लाख घुसको बार्गेनिङ गरेको अडियो–भिडियोमाथि छानबिन चलिरहेको छ । हाल कार्यरत रहेकै जिल्ला सिराहामा जग्गासम्बन्धीको विषयमा बिचौलियामार्फत घुस बार्गेनिङ गरेको आरोप उनीमाथि लागेको छ । सोही कारण उनको सरुवा रद्द गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

कवारी २३ मंसिर ०७८ मा सिराहाको सिडिओ बनेर गएका थिए । मधेसमा एक समय भूमिगत रूपमा सशस्त्र गतिविधि चलाएको ‘गोइत समूह’ले कब्जा गरेको जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता दिन बिचौलियामार्फत बार्गेनिङ गरेको उजुरी उनीमाथि परेको हो । सशस्त्र समूहले कब्जा गरेका जग्गा फिर्ता पाउन अनुरोध गर्दै जिल्ला प्रशासन पुग्दा बिचौलियामार्फत उनले घुसको बार्गेनिङ गरेको पीडितले बताएका छन् ।

करिब ६ महिनाअघि नै यसको अडियो–भिडियोसहितको उजुरी गृहमा पुगेको थियो । तर, तत्कालीन नेतृत्वले चासो नदिँदा छानबिन रोकिएको थियो । त्यसवेला गृह प्रशासनले छानबिन नै नगरी उजुरी थन्क्याएको स्रोत बताउँछ । अहिले यो कुरा पत्ता लागेपछि उनको गोरखा सरुवा रद्द गरिएको गृह स्रोतले बतायो । ‘कार्यविधिमा आचरण र अनुशासन राम्रो नभएकालाई सिडिओबाट हटाइने पनि उल्लेख छ,’ गृहका एक उच्च अधिकारीले भने, ‘उनको सरुवा कार्यविधिविपरीत हुने भएकाले तत्काललाई रद्द गरिएको हो ।’ गोरखामा नयाँ सिडिओ खटाइएको छैन ।

सिडिओ कवारीले भने आफूले सिराहामा कुनै नराम्रो काम नगरेकाले त्यस्तो घुस मागेको अडियो–भिडियोको छानबिनबारे जानकारी नभएको बताए । ‘मैले जिल्लामा त्यस्तो केही नराम्रो काम गरेको छैन, गरेको भए त छानबिन गरेर कारबाही गर्नुपथ्र्यो,’ उनी भन्छन्, ‘तर, मेरो मात्र सरुवा रद्द गरेर अन्याय गरिएको छ ।’

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले कवारीको सरुवा रद्द भएको बताए । तर, त्यसको कारणबारे भने आफूलाई थाहा नभएको बताए । ‘उहाँको सरुवा रद्द भएको छ,’ उनी भन्छन्, ‘उहाँको प्रतिकूलता हुन सक्छ, अरू मलाई थाहा छैन ।’

त्यतो त उपसचिव कवारीको यसअघिको ‘ट्र्याक रेकर्ड’ पनि राम्रो छैन । यसअघि काठमाडौं जिल्ला प्रशासन, हज समिति, कम्पनी रजिस्ट्रार कार्यालयलगायतमा हुँदा उनी विवादित थिए । कम्पनी रजिस्ट्रार कार्यालयका उपरजिस्ट्रार हुँदा २० लाख घुस लिएको अभियोगमा कवारीसहित चार्टर्ड एकाउन्टेन्ट भानु कँडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

चितवन मेडिकल कलेजमा सेयर विवादमा सञ्चालकसँग घुस लिएको आरोपमा कवारी र कँडेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । यस मुद्दामा विशेष अदालतले ठहर गरे पनि सर्वोच्चले फैसला उल्ट्याएर दुवैलाई सफाइ दिएको थियो । सिराहामा पनि उनको कार्यसम्पादन राम्रो नभएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

बत्ती दोलखामा, स्विच भारतमा

सम्बन्धित

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

बत्ती दोलखामा, स्विच भारतमा

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

आजको मौसमः कहाँ–कहाँ पर्छ पानी ?

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com