ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि बेथितीको अखडा बन्ने जोखिममा (भिडियोसहित)


ABC NEWS
माघ ९, २०७९ सोमबार   ८ : ५७   बजे

 

काठमाडौं, ९ माघ ।
शिक्षाविद्हरुका आँखामा शिक्षक शिक्षा क्षेत्रमा भरिया होइन, मालिक हुनुपर्दछ । गुणस्तरीय एवम् प्रभावकारी शैक्षिक गतिविधि एवम् प्रतिफलका लागि पनि शिक्षक मालिक हुनैपर्छ । तर, ऐतिहासिक त्रिभुवन विश्वविद्यालयमा २०७३ सालयता शिक्षक कर्मचारी नियुक्त हुन नसक्दा यसको प्रत्यक्ष प्रभाव अध्ययन तथा अध्यापनमा पर्दै आएको छ । अन्तराष्ट्रिय मान्यता अनुरुप २० जना विद्यार्थी बराबर एक शिक्षक आवश्यक पर्दछ तर त्रिविमा स्नातक र स्नाकोत्तर तहमा अध्ययनरत ३ लाख ८० हजारको हाराहारीमा विद्यार्थीहरु छन् । तर शिक्षकको संख्या भने ५ हजार १३४ मात्रै रहेको छ । त्रिविमा विभिन्न राजनीतिक दलमा आबद्व विद्यार्थी संगठनले शिक्षक कर्मचारीको दरबन्दी थप तथा पदपूर्तीको माग राख्दै आएको छ । दरबन्दी तत्काल विज्ञापनको माग राख्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुले तालाबन्दी गरेको थियो । गत वर्ष २०७८ पुसमा त्रिवि र अनेरास्वियुबीच तत्काल विज्ञापन गर्ने, हरेक ६÷६ महिनामा शिक्षक, कर्मचारीको खुला विज्ञापन गर्ने प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । पुराना कर्मचारी रिटायर भएर जाने तर, नयाँ नियुक्ती हुन नसकेको हो । तथ्यांक अनुसार त्रिविमा १६ हजार ६२ दरबन्दी संख्या छ । तर, १० हजार कर्मचारी मात्रै कार्यरत छन् । यसखाले अवस्थामा त्रिविको शैक्षिक गुणस्तरमै प्रश्न उठ्ने गरेको छ ।

त्रिविमा प्रध्यापक, सह–प्रध्यापक, उप–प्रध्यापक र शिक्षण सहायक गरी चार प्रकारका शिक्षक रहने व्यवस्था छ । शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० अनुसार शिक्षक कर्मचारीको व्यवस्थापन गर्दै आएको छ भने शिक्षक सहायक अस्थायी पद बाहेक अरु सबै स्थायी रहने व्यवस्था छ । तर, त्रिवि र यसका आंगिक क्याम्पसहरु आंशिक शिक्षककै भरमा चलिरहेका छन् । १० वर्षभन्दा लामो समयदेखि आशिंक शिक्षकहरु कार्यरत छन् । हरेक क्याम्पसमा नयाँ–नयाँ कार्यक्रमहरु थपिने क्रम एकातिर छ भने स्थायी शिक्षकको अवकाशपछि दरबन्दी रिक्त भइरहेका छन् । त्रिवि सेवा आयोगले गत वर्ष १०४ जना कर्मचरी मागेको थियो तर विज्ञापन अनुसार कोही पनि उत्तीर्ण हुन सकेनन् । गत कात्तिकमा उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृतका लागि १ हजार ४६२ परीक्षामा सहभागी भएका थिए तर कोही पनि सफल हुन नसकेका हुन् । सेवा आयोगले खोलेका अधिकांश विज्ञापन कुनै सर्वोच्च अदालतमा त कुनै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन छन् ।

२०७६ सालमा अनियमितता गरेको भन्दै अख्तियारले त्रिविमा छानबिन गरेको थियो । २०७६ असार १९ गते अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि तत्कालीन अध्यक्ष चैतन्य शर्मा, सदस्य सचिव परशुराम कोइराला, सदस्य चिन्तामणि पोेखरेलसहित नौ जना निलम्बनमा परेका थिए । उनीहरुमाथि प्राप्तांक केरमेट गरी परिवर्तन गराएको र नातेदार परीक्षार्थीलाई उत्तीर्ण बनाउन प्रयास गरेको आरोप लागेको थियो । यी विवादै विादका बीचमा त्रिविमा शिक्षक कर्मचरी नियुक्ती हुन नसकेको हो । देशको केन्द्रीय त्रिभुवन विश्वविद्यालयकै यस्तो अवस्थाले शिक्षा क्षेत्रमा चिन्ता प्रकट गरेको छ ।

शिक्षाविद्हरु यी विविध समस्याका बाबजुत समाधानका विकल्पहरु बताइरहेका छन् । अहिलेको परिस्थितीमा कोरा किताब मात्रै नभई प्रविधिमैत्री प्रणालीमा आधारित शिक्षामा जोड दिनुपर्ने उनीहरुले बताउदै आएका छन् । शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला हरेक शिक्षक मोबाइल चलाउनसक्ने हुनुपर्ने बताउँछन् । गुणस्तरीय शिक्षाका लागि उच्च तहदेखि विद्यालय तहका विद्यार्थीलाई प्रविधिमा अध्यस्त बनाउनसक्नु आजको आवश्यक रहेको उनको भनाइ छ । यसकारण, विश्व समुदायमा शिक्षाको जुन प्रगति छ देशको अध्ययन, अध्यापन क्षेत्रलाई थप प्रतिस्पर्धी र गणस्तरीय बनाउनुपर्ने चुनौती थपिदै छ ।

शिक्षाविद्हरु अब टाउकोमा चिप्स् जोड्ने प्रविधि र उपकरण आए अहिलेको प्रणालीमा हामीले के गर्ने भन्ने चिन्तामा छन् । गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरु ठूलो धनराशी लगानी गरेर विदेशिनु परेको छ । शिक्षाका लागि विदेशिनुपर्ने अवस्थालाई तत्काल रोक्न नसकेपनि नेपालमा विदेशी विद्यार्थीहरु पनि नेपालमा अध्ययन गर्न आउने वातावरण बन्नुपर्ने बहस बौद्धिक जमात्मा हुदै गर्दा विश्वविद्यालय भने राजनीतिक हस्तक्षेप, पदाधिकारीको खिचातानी र स्वार्थको प्रयोग गर्ने थलो बन्दै आएको छ । अहिले त्रिविमा शिक्षक ३५.३२ र कर्मचारी ३३.९९ प्रतिशत पद रिक्त छ । जसकारण, त्रिविको शैक्षिक गतिविधिमा सोझै प्रभाव परेको छ । विद्यार्थी पढाउँछु भनेर शिक्षक बन्न परीक्षा दिएका जति सबै उत्तीर्ण हुन नसकेको तीतो यथार्थले आगामी दिनमा राम्रो हुने संकेत गरेको छैन । यसर्थ, त्रिभुवन विश्वविद्यालय बेथितीको अखडा बन्दै गएकोप्रति सबैको ध्यान जान आवश्यक छ । यसको उचित चिरफार र व्यवस्थापनका लागि कति पनि ढिलाई गर्न हुन्नँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group