ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीलाई मेटमणिको कटाक्ष : ‘संविधानको व्यवस्था पढाउने कोचिङ कक्षा चलाउन मेरो तलब काटियोस्’


एबीसी न्यूज

काठमाडौं, ७ पुस । एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले संविधानमा भएको व्यवस्थाको कुतर्क गर्ने अवस्था सिर्जना भएको भन्दै संविधानमा भएको व्यवस्था पढाउनका लागि कोचिङ कक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् । शनिवार उपसभामुखको निर्वाचनको क्रममा प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखमा समर्थन गर्दै उनले संविधानको आफू अनुकूल ब्याख्या हुने भएकोले त्यसलाई रोक्न कोचिङ कक्षा चलाउन आग्रह गरे । त्यसका लागि संसदमा बजेटको व्यवस्था नभए आफ्नो सेवा सुविधाबाट कटौती गर्न आग्रह गरे ।

उनले एमाले अध्यक्ष केपी ओलीको नाम नलिई घुमाउरो शैलीमा कटाक्ष गर्दै भने– ‘आज हामी जनताको बहुदलीय जनवाद, संवैधानिक सर्वोच्चता, कानुनी राज्य आवधिक निर्वाचनको कुरा गरिरहेृका छौँ तर आफूलाई नै सबैभन्दा सर्वोच्च स्थानमा राख्ने काम पनि गर्दै आइरहेका छौँ । आफूलाई मन लागेको कानुन आफूलाई मन लागेको दिन र समयमा राष्ट्रपतिसँग सेटिङ मिलाएर निर्वाचनको मिति घोषणा गर्ने काम समेत गरेका छौँ । त्यसलाई सहि सावित गर्न कुतर्क पनि गर्ने गरेका छौँ ।’उनले २०७२ को संविधानमा के के व्यवस्था छ त्यसबारेमा आफू अनुकूल संविधानको व्याख्या गर्नेलाई कोचिङ कक्षाको व्यवस्था गर्नुपर्ने अवस्था रहेको भन्दै कटाक्ष गरे । उनले २०४७ सालको संविधानमा भएको व्यवस्था र २०७२ सालको संविधानमा भएको व्यवस्थाबारे कोचिङ कक्षा चलाउनका लागि बजेट नभए आफ्नो सेवा सुविधा कतौटी गरेर कक्षा सञ्चालन गर्न सभामुखलाई आग्रह गरे । सांसद चौधरीले भने– ‘२०४७ सालको संधिवानमा व्यवस्था भएको कुरा र २०७२ सालको संविधानमा भएको मर्म र भावना सिकाउने कुरामा ध्यान दिन जरुरी छ । यसको लागि सभामुख महोदय संभवत प्रतिनिधिसभामा कोचिङ कक्षाका लागि बजेटको व्यवस्था छैन होला । यदी बजेटको व्यवस्था छैन भने मैले आफूले प्राप्त गर्ने सेवा सुविधाबाट कट्टी हुनेगरी जो जो यो विषयको तर्क, परिभाषा दिएर बेठीक कुर्तक गरिरहेका छन् त्यस्ता ब्यक्तिलाई कक्षामा राखेर राम्रोसँग पढाउनका लागि म अनुरोध गर्न चाहन्छु ।’

उनले नेपालको संविधान ठूलो संकटमा रहेको बताउँदै यसलाई सुधार गर्न नसक्ने हो लोकतान्त्रिक गणतन्त्र उन्मुख संस्था नै अन्तिम हुने खतरा रहेको बताए । उनले देश अहिलेको अवस्थामा पुगेकोमा नेपाली जनता वा अरु कसैलाई दोस दिएर उम्किने ठाउँमा नरहेको बताए । यसको भागीदार स्वंय सांसदहरु, नेतृत्व गरिरहेको नेताहरु सबैभन्दा दोषी रहेको बताए । सबैले भष्टाचारका विषयमा शून्य सहनशीलताको कुरा जोड दिएर भन्ने गरेपनि लाखदेखि अरबसम्म प्रक्रिया मिलाएर भष्टाचार हुने गरेको उल्लेख गरे । उनले यस्ता कुरा सतहमा आयो भने स्वंय प्रधानमन्त्रीले नै यस कुराको ढाकछोप गरेको इतिहास रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com