काठमाडौं, ७ माघ । आज पनि मौसममा सामान्य बदली भएको छ । पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभावका कारण देशका विभिन्न भागमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली भएको छ ।मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागहरूका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार दिउँसो प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ सँगै कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । सोमबार दिउँसो भने मौसम सामान्यतया सफा रहनेछ । राति केही ठाउँमा बदली भए पनि हिमपात र वर्षाको भने सम्भावना नभएको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्