ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर वायु प्रदूषण बढ्यो, काठमाडौंको हावा धेरै हानिकारक


एबीसी न्यूज

काठमाडौं, ६ माघ । देशभर वायु प्रदूषण बढेको छ । अन्य क्षेत्रको तुलनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै वायु प्रदूषण छ । त्यस्तै धनकुटा र दाङमा पनि प्रदूषण उच्च छ ।

हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्स (एक्यूआई) काठमाडौं, ललितपुर र भक्तपुरमा एक सय ६० भन्दामाथि रहेको छ । बिहान सवा ७ बजे सबैभन्दा धेरै भक्तपुरमा एक्यूआई एक सय ६३, काठमाण्डौमा एक सय ६१ र ललितपुरमा १ सय ५९ छ । त्यस्तै धनकुटामा एक्यूआई एक सय ६० र दाङको तुलसीपुरमा एक सय ५४ रहेको छ ।

एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने १० र २ दशमलव ५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरूपमा बुझाउँछ । एक्यूआई जति बढ्दै गयो उति घातक मानिन्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ । यस्तो खालको वायुले सबै समूहका मानिसलाई असर पार्ने विज्ञले बताउँदै आएका छन् ।

लामो समयदेखि पानी नभएकै कारण सुक्खापन बढाएको छ । यसले गर्दा प्रदूषण पनि बढेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । यस्तै प्रदुषण बढ्नुमा पुराना गाडी र सडकको धुलोलाई पनि कारक मानिएको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार यस वर्ष हिउँदमा पानी नपरेको असरले प्रदूषणको मात्रा बढेको छ । त्यस्तै वायुमण्डलमा धुवाँ तथा धूलोको मात्रा थुप्रिएको छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन डाक्टरको सुझाव छ । सकेसम्म काम नपरि घरबाट बाहिर ननिस्कने र निस्कदा मास्क लगाउन डाक्टरको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com